Jilla Ban Notis

खसी र कुखुरा प्रहरीको नियन्त्रणमा

0 58

सहबान अन्सारी

नवलपरासी,७ माघ

नवलपरासीमा बिभिन्न स्थानबाट भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २ लाख ४६ हजार ४ सय मुल्य बराबरको १० वटा खसी र ११६ वटा जिउदो बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार सरावल गाउँपालिका वडा नं. ७ मोजरहियामा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

खसी मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि खसी छाडि मानिस भगेका थिए । उक्त खसीको प्रति गोटा २० हजारका दरले २ लाख मुल्य बराबर रहेको छ । बरामद खसी आवश्यक कारवाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाईएको छ । त्यसैगरी रामग्राम नगरपालिका वडा नं.१० नोडिहवामा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको ११६ गोटा ( अं. २३२ के.जी.) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको छ ।

कुखुरा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि कुखुरा फाली मानिस मोटरसाईकल सहित भागेका थिए । बरामद कुखुराको ४६ हजार ४ सय मुल्य बराबर रहेको उक्त कुखुरा आवश्यक कारवाहीको लागि आजै पशु क्वारेन्टाईन महेशपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.