Jilla Ban Notis

केन्द्रीय नेतृत्वको कम्जोरीका कारण संस्थागत विद्यालयहरुको सुरक्षामा खतरा ः सुमन गोपाल आचार्य

प्याब्सन नवलपरासीले २९ औं प्याब्सन दिवस मनायो ।

0 17

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
प्याब्सन नवलपरासीले विहिवार बर्दघाटमा २९ औं प्याब्सन दिवस मनाएको छ । प्याब्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गको अध्यक्षता र प्याब्सन नवलपरासीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सल्लाहकार सुमन गोपाल आर्चायको प्रमुख आतिथ्यतामा २९ औं प्याब्सन दिवस मनाईएको थियो । सो अवसरमा बोल्ने प्याब्सनका अगुवाहरुले प्याब्सन ठुलो संस्था भैकन पनि केन्द्र देखि पालिका सम्मका सबै संगठनहरु गरीव अर्थात ऋणमा रहेको प्रति चिन्ता ब्यक्त गरेका थिए ।  कार्यक्रममा बोल्दै केन्द्रीय सल्लाहकार सुमन गोपाल आर्चायले प्याब्सनको केन्द्रीय नेतृत्वको कम्जोरीका कारण अहिले सरकारले अघिसारेकोे शिक्षा नितिमा संस्थागत विद्यालयहरुको कहि कतै सुरक्षा हुने कुनै कुरा समावेस नभएको ठोकुवा गर्नु भएको थियो । उहांले प्याब्सनले सामाजिक सुरक्षाकोष लागु गरेर निजि विद्यालयहरुलाई डुवाउन लागेको आरोप समेत लगाउनु भएको थियो ।
त्यसैगरी अर्का केन्द्रीय सदस्य सुर्वण न्यौपानेले संगठन संचालन गर्दा नेतृत्वलाई सबैले साथ र सहयोग गर्न जरुरी रहेको बताउदै नेतृत्वले सबैको पक्षमा रहेर योजनावद्ध रुपले अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले प्याब्सनमा अवद्ध सबैको एक्यवद्धता नभएको प्रति दुःख ब्यक्त समेत गुर्न भएको थियो । सोही कार्यक्रममा वोल्दै प्याब्सनका प्रदेश न. ५ का अध्यक्ष राम प्रसाद पाण्डेले शिक्षा निति बनाउदा राज्यले संस्थागत विद्यालय प्रति एउटा अनुगमन गर्दैमा आत्तिहालनु पर्ने अवस्था नरहेको धारणा राख्नु भएको थियो । प्याब्सन जिल्ला सचिव वेनी माधव भुषलको संचालन र वरिष्ठ उपाध्यक्ष राधेरमण पाण्डेको स्वागतवाट शुरु भएको कार्यक्रममा न्यूलाईफ माविका संचालक डि.बि. अधिकारीको धन्यवाद मन्तब्य रहेको थियो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य यम बहादुर थापा लगाएत प्रदेश,जिल्ला र पालिकाहरुका प्याब्सनका अगुवाहरु,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.