Jilla Ban Notis

कृषिको प्रवद्र्धन र व्यबसायिक बिकास अपरिहार्य ःमन्त्री गिरी

0 25

कविन्द्र नेपाल
बुटवल, १३ पुस
बुटवलको औद्योगिक व्यापार मेलाको पाँचौदिन आईतबार प्रदेश पाँचका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले मेलाको स्थलगत अवलोकन गर्नुभएको छ । मेलाको अवलोकन पछि मन्त्री गिरीले ५ नं. प्रदेश मुलुकको आर्थिक बिकासकालागि कृषिमा प्रयाप्त सम्भावना बोकेको बताउनु भयो । कृषिको प्रवद्र्धन र व्यबसायिक बिकास अपरिहार्य रहेको समेत उहाँले औंल्याउनु भयो । उहाँले प्रदेश बिकासका सम्भावनाहरु कृषि, उद्योग र पर्यटनकालागि प्रदेश सरकार गम्भिर रहेको बताउँदै कृषि, उद्योग र पर्यटन प्रवद्र्धन गर्नेगरी औद्योगिक व्यापार मेला आयोजना गरेकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रदेशको औद्योगिक बिकासमा नीजि क्षेत्रबाट प्राप्त भएको सहयोगले सरकारलाई उत्साह थपिएको मन्त्री गिरी उल्लेख गर्नुभयो ।  आईतबार मेलामा ईन्द्रेणीको दोहोरी कार्यक्रम, लोक तथा दोहोरी गायक विष्णु खत्री, दिपु मगर, शर्मिला विश्वकर्मा, विष्णु श्रीपाली, डान्सर करिस्मा ढकाल र राज केसी, भ्वाईस अफ बुटवलका प्रतिस्पर्धीहरुको प्रस्तुती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.