Jilla Ban Notis

कर्मचारी युनियन नवलपरासीले पुर्णतापायो ।

0 24
मुक्ती तिवारी
बर्दघाट,श्रावण–१०
निजामती कर्मचारीहरुको छाता सङ्गठन कर्मचारी युनियन पश्चिम् नवलपरासी ले  पुर्णता पाएको छ। कर्मचारी समायोजनको प्रभावले अध्यक्ष पद बाहेक रिक्त रहेका का अन्य सबै पदहरु पदपूर्ति गरिएको हो। जसको खुला तर्फको उपाध्यक्षमा केसव तिवारी,समावेसी उपाध्यक्ष तर्फ सरोज चौधरी,सचीवमा झबिन्द्र पाण्डे,कोषाध्यक्षमा अन्जना शर्मा,सह सचिवमा शृष्टि जिसि,सदस्यहरुमा क्रमश सनद कुमार गिरि,बलिराम कोईरी,रुपा चौधरी,जिवलाल पान्डे लगायतको सिङ्गो कार्य समिती चयन गरिएको हो।
    कर्मचारीहरुका हक,हित र समस्याका बिषयमा नवगठित कार्यसमिती जुझारु रुपले अगाडि बढ्ने युनियनका अध्यक्ष सुनिल लामिछनेले बताए।कर्मचारीका अधिकार र उनिहरुको वृद्धि बिकासमा राज्यले कुन्ठित बनाएको उनले बताए।समायोजन र सरुवा बढुवामा समेत राज्य कठोर भएर अगाडि बढ्नाले आम कर्मचारीहरुको मनोबल खस्किएको धारणा ब्यक्त गरे।पेन्सन्का सवालमा समेत अन्योलता रहेकाले हालको परिस्थितिमा राज्य कुनै हालतमा कर्मचारीमुखी नरहेको उनले बताए।  निजामती कर्मचारी समस्याहरु र भावी राणनितिका सवालमा देशभरि रहेका कर्मचारी युनियनहरुबिच छलफल भैरहेको अध्यक्ष लामिछनेले बताए। ११ जना रहने कार्यसमितिको कार्यकाल ३ बर्ष रहने युनियनका उपाध्यक्ष केसव तिवारीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.