Sarawal sit lahar Notis

कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य स्थगित

0 75

असार १४
माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य पूर्ण रुपमा प्रभावित भएको छ ।

विभिन्न १८ बुँदे माग सहित आन्दोलनरत हिस्टुनले हिजोदेखि आव्हान गरेको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण कार्य प्रभावित भएको हो । हिस्टुनको आन्दोलनका कारण बागमती प्रदेशमा आंशिक प्रभावित भएको भए पनि अन्य ६ प्रदेशमा पूर्ण रुपमा ठप्प भएको हिस्टुनले जानकारी दिएको छ । हिस्टुनले असार १२ गतेदेखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा रोक लगाउने जनाएको छ ।

सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको भरमा कक्षा ११ र १२ सञ्चालन गर्नुपर्दा सम्रग शिक्षाको गुणस्तर प्रभावित भए र लामो समय काम गरेका शिक्षकको योगदानको समेत कदर नभएको हुँदा बाध्य भएर आन्दोलन गर्नु परेको हिस्टुनका केन्द्रीय सचिव छविलाल आचार्य बताए ।

संघीय शिक्षा ऐनमा साविक उमावि (कक्षा ११ र १२) मा अध्यापनरत शिक्षकको समस्या सम्बोधन हुनु पर्ने र संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्न रुपमा कार्यरत शिक्षकलाई उमावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिनुपर्ने (विशेष आन्तरिक प्रतिस्पर्धामा जाँदा हाल कायम दरबन्दीलाई नै विषयगत दरबन्दीमा गनिनुपर्ने) र अध्यपन अनुमति पत्र नभएका शिक्षकलाई विस्थापित नगर स्थापना गर्नुपर्ने माग सहित चरण बद्ध आन्दोलनमा उत्रिएको सचिव आचार्यले बताए ।

Leave A Reply

Your email address will not be published.