Jado Notish Bardaghat

एसइइमा ४ जिपिए ल्याएका सोयम भन्छन्, जे गर्छु नेपालमानै गर्छु

0 24

 

प्रकाश न्यौपानेर  नारायण भण्डारी
असार २४ गते
नवलपरासी । एसइइ को नतिजा सार्बजनिक भए संगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु डाक्टर, इञ्जीनियर तथा चाटर्ड एकाउन्टेन्ट बन्ने भन्दै उच्च शिक्षाका लागि योजना बनाउने गर्दछन् । प्राय पछिल्लो समय विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका विदेश जाने र उतै पलायन हुने क्रम बढ्दो छ ।

पश्चिम नवलपरासीको बर्दघामा रहेको न्यू लाईफ मावीबाट ४ जिपिए ल्याएर सोयम पाण्डे एसइइमा देशमै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सुचिमा परेका छन् । पाण्डेले देशकै उत्कृष्ट नतिजा ल्याए पछि उनका ७६ बर्षिय उनका हजुरबुबा डालाराज पाण्डे दंग छन् । नातिले उत्कृष्ट नतिजा ल्याउँछ भन्ने लागेको थियो । चार जिपिए नै ल्याएछ भन्ने ढुक्क नभएको बताउने भन्छन् (ू नातिको मेहनत गरे अनुसारको उत्कृष्ट नतिजा आएकोमा निकै खुसी छौं ।ू पाण्डेले हर्षित हुँदै खुसी बाँडे । सोयमका बुबा कृष्ण प्रसाद पाण्डे र आमा हिराकुमारी पाठक छोराको नतिजाले प्रफुल्लीत छन् ।

यो नतिजा प्राप्त गर्नुमा निरन्तरको मेहनत र शिक्षकहरुको प्रेरणा रहेको सोयम बताउँछन् । पढाई कुनै विशेष समयमा कडा मेहनत गर्ने र कुनै समय वास्ता नै नगर्ने गर्नाले सोचे जस्तो नतिजा अनाउने उनको बुझाई छ । घर परिवारले सधै राम्रो वातावरण सिर्जना गरि दिएका कारण सदैव पढ्नका लागि उर्जा प्राप्त भएको उनले बताए । उनले आफु ईञ्जीनियर बनेर देशको सेवा गर्ने सपना देखेका छन् । नेपालमा नै पढ्ने बताउने उनी भन्छन् (ूम उच्च शिक्षाका लागि विदेश जान्न, म नेपालमा नै पढ्छु र नेपालमै काम गर्छु । जे गर्छु नेपालमानै गर्छु ।ू

परिवारले सोयमले चाहेको बिषय अध्ययनका लागि सबै खाले सहयोग गर्न तम्तयार छन् । उनको नतिजाले घर परिवार मात्र होईन विद्यालय परिवारले पनि खुसी मनाईरहेको छ । प्राप्त नतिजाले सोयमले आफ्नो मात्र नभई विद्यालयको गरिमा पनि बढाएको विद्यालयका प्रबन्ध निर्देशक डिल बहादुर अधिकारी बताउँछन् । न्यू लाईफले विगतका बर्षहरुमा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आईरहेकोमा यस बर्ष पनि उत्कृष्ट नतिजा आयो । बिगतका बर्षहरु देखी नै उत्कृष्ट नतिजा निरन्तरता रुपमा दिनका लागि शिक्षक, विद्यार्थी र अभिभावकले गरेको कडा मेहनत नै मुख्य कारण रहेको उनको बुझाई छ ।

६३ जना बिद्यार्थीहरुलाई एसइइमा सहभागी गराएकोमा सोयमले ४ जिपिएर सहित देशकै उत्कृष्ट नतिजा दिलाएको र पश्चिम नवलपरासीमा प्रथम देखी सातौं स्थान सम्म उत्कृष्ट न्यू लाईफ कै विद्यार्थीहरु भएको प्रिन्सिपल सन्तोष अधिकारीले बताए । उनका अनुसार (ू७ जनाले ३ दशमलव ६५ जिपिए भन्दा माथी अर्थात ए प्लस, १३ जनाले ए, २३ जनाले बि प्लस र २० जनाले बि ग्रेड सहित शत प्रतिशत नतिजा विद्यालयले प्राप्त गरेको छ ।ू

Leave A Reply

Your email address will not be published.