Jilla Ban Notis

ईन्जिनियरहरुले जागिरखाने मानसिक्ता मात्र लिएर हुदैन ः मन्त्री गिरी

0 53

कृष्ण ढकाल
बर्दघाट,माघ–९
गौतम बुद्धको जन्मस्थल लुम्बिनी ,गौतमबुद्ध एरपोर्ट लगाएतका क्ष्ँेत्रहरुमा संचालीत कयौं आयोजनाहरु समयमा पुरा हुन नसकेका कारण पर्यटन क्ष्ँेत्रमा ठूलो असर परेको लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गीरीले बताउनु भएको छ । नवलपरासी जिल्लाको ईन्जीनियर भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री गिरीले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री गीरीले ईन्जिनियरहरुले जागिरखाने मानसीकता मात्र लिएर नहुने भन्दै मुलुकलाई सघाउनु पर्नेमा समेत जोड दिनु भएको थियो । उहांले मुलुकलाई समृद्धि तर्फ लैजानका लागि प्राविधिक रुपमा ईन्जिनियरहरुको महत्वपूर्ण योगदान रहने बताउनु भएको थियो ।
त्यसैगरी सोही भेलालाई सम्वोधन गर्देै लुम्बिनी प्रदेशका अर्थ,उद्योग तथा पर्यटन,समितिका सभापति दधिराम न्यौपानेले जुन देशमा प्राविधिकहरु बढी उत्पादन हुन्छन त्यो देशले सजिलैसंग समृद्धि प्राप्त गर्न सक्ने भएकाले ईन्जिनियरहरुको योगदान महत्वपूर्ण रहनेमा जोड दिनु भएको थियो ।

लुम्विनी प्रदेश पिनका अध्यक्ष जिवन अर्यालको अध्यक्षता र सचिव विक्रम पौडेलको संचालनमा सम्पन्न् भेलामा प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारी ,सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे,सुनवल नगरपालिकाका उप प्रमुख दधिराम अर्याल,बर्दघाट नगरपालिकाकी उप प्रमुख माया पौडेल,नेकपाका केन्द्रीय सदस्यद्धय बिमला अर्याल राजु हरिजन,नवलपरासी उद्योग वाणीज्य संघका अध्यक्ष केशव भण्डारी,युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रे,अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त घिमिरे,अनेम संघका जिल्ला संयोजक राधा ढकाल ,प्रेस संगठनका जिल्ला सह–संयोजक मोहन पौडेल लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नवलपरासी जिल्लाका ईन्जिनियर, आर्किटेक,सव–ईन्जिनियर एवम पेशागत प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.