Jilla Ban Notis

आमाहरुका लागी लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न्

दुर्बेशनी गाउँ,टोल र घरमा छिरेपछि त्यसले अप्रिय घट्ना हुनसक्ने सरोकारवालाहरुको भनाई ।

0 29

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
दुर्बेशनी गाउँ,टोल र घरमा छिरेपछि त्यसले अप्रिय घट्ना हुनसक्ने भएकाले बेलैमा सबै सचेत रहन सरोकारवालाहरुले जोड दिएका छन् । बर्दघाट नगरपालिका र ईलाका प्रहरी कार्यालय बर्दघाटको आयोजनामा आज बर्दघाटमा बर्दघाटमा आयोजित आमाहरुका लागी लागु औषध विरुद्धको सचेतना कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।

समयमा नै आफ्ना नानी बाबुहरुको आनी–बानीमा कुनै परिवर्तन आउनलागे तुरुन्त उनीहरुको केयर गर्ने र वानी सुधारन तर्फ केन्द्रीत हुनुन पर्नेमा जोड दिएका थिए । यदि उनीहरुको आनीबानीमा परिवर्तन आउदा हेक्का नगरेमा उनीहरु गलत बाटोमा लागेर पछि दुब्र्यसनि तर्फ उन्मुख हुन सक्ने भएकाले सबैले समयमा नै सचेत हुन जरुरी रहेकोमा जोड दिएका थिए ।

नारकोनन नेपाल काठमाण्डौको सहयोगमा बर्दघाटमा भएको उक्त कार्यक्रम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नारकोनन नेपालकी अध्यक्ष पुजा कुवंर,बर्दघाट नगरपालिकाकी उपप्रमुख माया देवी पौडेल, प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका निमित्त कार्यालय प्रमुख एवं प्रहरी नायव उपरिक्षक राजु लामा लगाएतले आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा कार्यक्रममा नारकोनन नेपालकी अध्यक्ष पुजा कुवंरले लागु औषधले पार्ने असर, लागु औषध रहित जिवन, किशोर किशोरीहरुको लागी लागु औषधले पार्ने प्रभावको बारेमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगरका विभिन्न टोलका आमा समुहहरु, किशोरी समुह, महिला स्वास्थ्य स्वयं सेविका, जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगाएतको सहभागिता रहेको थियो । ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख कपिल वाग्लेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन बर्दघाट नगरपालिका प्रशासन शाखाकी नायव सुब्बा जमुना सुवेदीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.