Jilla Ban Notis

आगामी पुसको ९ देखि २३ गतेसम्म बुटवल औद्योगिक व्यापार मेला हुँदै

मेला स्थलमा सचिवालय स्थापना

0 26

बुटवल, ९ मंसिर

बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ अन्तरगत मेला सचिवालय मेला स्थलमा सारिएको छ । मेला तयारीका कामहरु संघको सचिवालयबाट हुँदै आएकोमा तयारीलाई मूर्त पार्नकालागि मेला स्थल बुटवल ११ देवीनगरमा सचिवालय सारिएको हो ।

मेला स्थलमा सचिवालय स्थापना भएपछि मेलासम्बन्धि सबैकाम मेला स्थलबाटै हुने संघले जनाएको छ । आगामी पुसको ९ देखि २३ गतेसम्म बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको उत्तर तर्फ २० औं संस्करणको औद्योगिक व्यापार मेला बुटवल–२०७६ सञ्चालन हुँदैछ । त्यस्तै स्टल निर्माण, स्टल दर्ता तथा अन्य पूर्वाधार निर्माणको काम तिब्र रुपमा भईरहेको प्रचार प्रसार उपसमितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका सदस्य मुक्ति अधिकारीले जानकारी दिनुभयो ।

मेला सञ्चालन गर्नकालागि गठित उपसमितिलेहरुले आफ्नो समितिलाई पूर्णता दिने र ती उपसमितिहरु समेत विषयगत कार्यमा केन्द्रित भएर तयारीका काम गरिरहेका छन् । यस अंगाडीका वर्षहरुमा मेला सञ्चालन हुँदै आएको बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएकाले संघले नयाँ स्थान बुटवल देवीनगरमा मेला गर्ने तयारी गरेको हो ।

मेला सञ्चालनकालागि सरकारी तथा अन्य संगसंस्थाहरुसंग समन्वय गर्ने तथा मेलालाई नयाँ ढंगबाट कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा परामर्श लिने र सोही अनुसारका कामहरु अंगाडी बढीरहेको संघका अध्यक्ष तथा मेला व्यबस्थापन मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा गरेको थियो । त्यसबाहेक बिशिष्टिकृत रुपमा संघ तथा संघ मातहतका बस्तुगत समितिहरुले कृषि मेला, जुत्ता तथा मोवाईल मेला सञ्चालन गर्दै आएका छन् ।

उद्योगबाट उत्पादित वस्तुहरुलाई प्रत्यक्ष रुपमा उपभोक्ताको बिचमा लैजानकालागि पुलको रुपमा स्थापित मेलाबाट त्यसबाहेक कृषिको बिकासमा आधुनिकीकरण तथा बिविधीकरण, उद्यमशिलता बिकास, रोजगारी प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिईने उहाँले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.