Jilla Ban Notis

अहिलेकोे कार्यकालमा लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी जाने संभावना छैन ः मन्त्री चौधरी

0 16

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१७

अहिलेकोे कार्यकालमा लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी जाने संभावना नरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ ।
राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेश सभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेका समाचारहरु आईरहदा मन्त्री चौधरीले केहि साथीहरुको ईच्छा रहेको भएपनि भौतीक तथा प्राविधिक हिसाबले कुनै पनि संभावना नरहेको बताउनु भयो ।

उहांले अहिले संचार माध्यामहरुमा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने प्रचार गरीए पनि अहिले सम्म त्यस बिषयमा कुनै निर्णय नभएको बताउनु भएको छ ।

आज मन्त्री चौधरीको गृहजिल्लामा नेकपा सरावल गाउँकमीटीले आयोजना गरेको बिजया दशमी,शुभदिपावली तथा छठ् पर्वको अवसरमा आयोजीत शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा आउनु भएका मन्त्री चौधरीले सोकुरा बताउनु भएको हो ।

उहांले हिउंदे अधिवेशन संचालनका लागि कम्तीमा पनि एकजना मन्त्री रहन अनिवार्य रहने तर मन्त्री निवास लगाएतका आवासीय पूर्वाधारहरु नभई कन जान सकिने संभावना नै नरहेको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.