Jilla Ban Notis

अन्सारी , बर्मा र भुसाललाई बेदले गर्‍यो स्वागत र सम्मान ।

0 17

कृष्ण पाण्डे
पुस , नेपालगन्ज

राष्ट्रिय युवा परिषद संघीय युवा सञ्जालका केन्द्रिय सदस्य तथा ५ नं. प्रदेशका संघीय युवा सन्जालको केन्द्रिय कार्यसमिति संगै प्रदेश न.५ को ईन्चार्जमा नेपालगन्जका साहिल अन्सारी र संघीय युवा क्लब संजालको केन्द्रिय सदस्य तथा केन्द्रीय सचिबालयमा पुजा बर्मा र ५ नं.प्रदेश युवा सञ्जालको सदस्यमा पुजा भुसाल चयन भएकोमा वेदस् सञ्जालले नेपालगन्जमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद मातहतमा रहने संघीय युवा क्लव संजालले पुर्णता पाएको छ। राष्ट्रिय युवा परिषदमा भएको केन्द्रिय कार्यसमितिको बैठकबाट अन्सारीलाई प्रदेश ईन्चार्जको जिम्मा लगाईएको थियो ।बालअधिकार संगै युवाहरुको क्षेत्रमा फरक पहिचान बोकेका अन्सारी सो क्षेत्रमा निकै कृयाशिल रहेका छन। उक्त कार्यक्रममा वेदस् सञ्जालका संस्थापक अध्यक्ष कृष्ण पाण्डे र संस्थाका सल्लाहकार सोम गुरुङले तिनै जनालाई बधाई तथा शुभकामना पत्र हस्तान्तरण गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक समीर परियारले गर्नुभएको थियोे ।

No Comments
  1. कृष्ण says

    धन्यवाद, गाउँले दर्पणलाई

Leave A Reply

Your email address will not be published.