Jilla Ban Notis

अनेरास्ववियू नवलपरासीको संयोजकमा रमेश नेपाली

0 71

कृष्ण ढकाल
बर्दघाट,फागुन–४
अनेरास्ववियू नवलपरासीको जिल्ला भेला सोमवार सम्पन्न् भएको छ। बर्दघाटमा भएको उक्त भेलाले रमेश नेपालीको संयोजकत्वमा नयां कार्यसमिति चयन गरेको छ । जस्को सह–संयोजकमा रिज पौडेल र सचिवमा भूपाल पौडेल रहेका छन् । १३ सदस्य कार्यालय टिम सहित १ सय ५१ सदस्य रहेको जिल्ला कमीटी गठन भएको छ ।

 

अनेरास्व्वियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरेको अध्यक्षता र अनेरास्व्वियू केन्द्रीय कार्यालय सदस्य झपेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा भएको जिल्ला भेलामा नेकपाका केन्द्रीय सदस्य बद्रीनाथ खनाल,बिमला अर्याल,सिन्दु जलेसा बुढाथोकी,थानप्रसाद गैरे,जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी,अनेरास्व्वियू स्थायि कमिटि सदस्य यम पाण्डे,धर्म गिरी सचिवालय सदस्य सरोज पोखरेल,नेकपा प्रदेश सदस्य धिरज बस्याल,युवा संघ जिल्ला संयोजक युवराज डुम्रे लगाएतको उपस्थिती रहेको थियो ।

सोही भेलामा नवलपरासीवाट अनेरास्ववियूको केन्द्रीय समितिमा मनोनित हुने सुदिप पुरी,नगेन्द्र चौधरी,रुपेश राजभर,विन्द्रेश हरिजन र मदन सुवेदीलाई अनेरास्व्वियू केन्द्रीय कार्यालय सदस्य झपेन्द्र खत्रीले सपथ ग्रहण समेत गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.