Jilla Ban Notis

अध्यक्ष र उपाध्यक्षको दुबै जिम्मेवारी पुरा गरेकी छु ः काव.अध्यक्ष चौधरी

0 43

कृष्ण ढकाल
बर्दघाट,असार–७

नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिकामा स्रोत र साधनको अभावहुदां चाहे र सोंचे जती कामहरु गर्न नसकिएको गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु चौधरीले बताउनु भएको छ । उहाँले स्रोत र साधनको अभावहुदां समेत कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा आफुले अध्यक्ष र उपाध्यक्षको दुबै जिम्मेवारी कुसलता पूर्वक निभाउन सफल रहेको बताउनु भयो ।
प्राप्त स्रोत र साधनको अभावका बावजुत पनि विकास निमार्ण र सेवा प्रवाहलाई चुस्त–दुरुस्त राखिएको उहांले बताउनु भएको छ ।

प्रतापपुर गाउँपालिकाले यस आर्थिक वर्षमा २४ किलो मिटर सडक कालोपत्रे गर्नुका साथै ४४ किलो मिटर सडकको स्तरउन्नती गरेको अध्यक्ष चौधरीले बताउनु भयो । त्यसैगरी वडा नम्वर ५ र ८ को प्रशासनिक भवन निमार्ण कार्य अघि बढ्नुका साथै बाउन्नगढीमा उद्योगग्राम निर्माणका लागि प्रक्रिया अगाडी बढाईएको अध्यक्ष चौधरीले बताउनु भयो ।
त्यसैगरी ११ वटा सामुदायिक विद्यालयहरुको भवन निर्माण प्रक्रिया शुरु गर्नुका साथै प्रतापपुर गाउँपालिकाका २ सय ५० घरधुरीलाई खरको छानो मुक्त गर्ने योजनामा अनुसार काम अघि बढेको रहेको अध्यक्ष चौधरीको भनाई रहेको छ ।
त्यसैगरी ५ शैयाको आधारभुत स्वास्थ्य चौकी वडा नं. ८ को पिपरपातिमा निमार्ण गर्ने देखि पालिका मार्फत दैनिक सेवा प्रदान गर्न प्राविधिक कर्मचारीहरुको ब्यवस्थापनलाई चुस्तपारीदै अघि बढेको अध्यक्ष चौधरीले बताउनु भयो ।

त्यसैगरी प्रतापपुर गाउापालिकाको यस आर्थिक वर्षका ६ सय ५० बढी योजनाहरु मध्ये ५ सय बढी योजना कार्यान्वयनमा गएको र करिव ८० जती योजनाहरु सम्झौताकै क्रममा रहेको प्रमुख प्रसाशकिय अधिकृत भेषराज खनलाले बताउनु भएको छ ।
प्रतापपुर गाउँपालिकामा अहिले सम्म ४० प्रतिशत योजनाहरु सम्पन्न् भैसकेको र असार मसान्त सम्म अरुथप ४५ प्रतिशत योजनाहरु सम्पन्न हुने अनुमान रहेको प्रमुख प्रसाशकिय अधिकृत खनलको भनाई रहेको छ ।
त्यसैरी यस आर्थिक वर्षमा राजश्व संकलन तर्फ करिव १ करोडको लक्ष्य लिएको खनालले बताउनु भएको छ । करको दायरामा ल्याउन अति मुस्किल भएकै कारण राजश्व संकलनमा समस्या रहेको भएपनि अहिले सम्म २५ वटा आधारभुत कानुनहरु निमार्णगरी पालिकाले सेवा प्रवाहमा कुनै कसुरवांकी नराखेको बताउनु भएको छ ।
उहांले आफुहरुले सम्पादन गरेका काम र प्रवाह गरेको सेवाका वारेमा प्रतापपुरवासी जनताहरुसंग संगै रहेर सार्वजनिक सुनुवाई र घरदैलो घुम्ती सेवा प्रवाह गर्न कोभिड–१९ का कारण नसकिएको प्रति भने खल्लो अनुभुति भएको खनलाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.