Jilla Ban Notis

सहमतिले गर्यो ३६ लाख ८४ हजार बराबरको कृषि औजार तथा सामाग्री हस्तान्तरण

0 35

प्रतापपुर ,२६ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं।६ गुट्ठिप्रसौनिमा अवस्थित नौलो बिहान बहुमुखी सहकारी संस्थालाई कृषि औजार तथा सामाग्री हस्तान्तरण गरिएको छ ।

नौलो बिहान बहुमुखी सहकारी संस्थाको अध्यक्ष सत्यदेव पाण्डेयको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख आतिथ्यतामा निशुल्क कृषि यन्त्र हस्तान्तरण गरिएको हो।

कोइकाको आर्थिक सहयोग तथा गुड नेवर्स इन्टरनेसनलको प्राबिधिक सहयोग एवम् सहमतिको आयोजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट ट्रयाक्टर १ थान,ल्यान्ड लेजर लेवलर १ थान,राटाभेटर १ थान ,ट्रयाक्टर ट्रालि १ थान ,डिस्क हयारो १ थान ,पावर ट्रिलर ४ थान, मल्टि थ्रेसर १ थान, धान गहु काट्ने रिपर ५ थान, मिनि ट्रिलर ६ थान, खाल्डो खन्ने मेसिन ५ थान,फर्टिलाइजर स्प्रेयर १५ थान र कल्टीभेटर १ थान गरि कुल ३६ लाख ८४ हजार ५ सय बराबरको कृषि यन्त्र नौलो बिहान बहुमुखी सहकारी संस्थालाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै पहिलो चरणमा रिपर ५ थान र मिनिटिर ६ थान गरि कुल १७ लाख ९२ हजार बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको थियो ।

कृषि यन्त्र हस्तान्तरण गर्दै कार्यवाहक अध्यक्ष चौधरीले उपलव्ध गराएका औजार र उपकरणको सहि सदुपयोग गरी कृषि उत्पादकत्वमा बृद्धि गरिनु पर्ने बताउदै यश वडालाई कृषि पकेट क्षेत्र बनाउने उद्देश्य सहित कृषि उत्पादनमा बृद्धि हुदै कृषकहरु आत्म निर्भर बन्नु पर्ने बताउनु भएको हो। साथै सहमतिले गरेको हरेक काम स्रहनिय रहेको बताउदै संस्थाको खुलेर प्रसंसा गर्नुभएको थियो।

त्यस्तै सहमतिको अध्यक्ष करुणा सागर सुवेदीले कोइका र सहमति अति बिपन्न बर्गको हितमा काम गरिरहेको बताउदै सहकारी मार्फत विपन्न वर्गका ब्यक्तिहरुको जीवन परिवर्तन गर्न आफु र संस्था लागि परेको बताउनु भएको हो। सहमति संस्था नवलपरासी अन्तर्गतका कार्यक्षेत्र भित्रका अति विभिन्न समुदायको आर्थिक विकास र जिविको पार्जन विकास गरि जीवन स्तर सुधार गर्न लागि परेको बताउनु भएको हो।

त्यस्तै गुड नेवर्स इन्टरनेसनल नेपालको टिम लिडर लोक बहादुर थारुले कृषिमा आधुनिकरण गर्दै यहाँका किसानहरुको जिवनस्तर माथि उकास्न सहमतिले निशुल्क विभिन्न कृष यन्त्र उपलब्ध गराउदै आएको बताउनु भएको हो ।यहाँका किसानहरुको मुख्य पेशा नै कृषि रहेकाले किसानहरू प्रम्परागत खेती भन्दा व्यवसायिक खेती गरि बढीभन्दा बढि फाइदा लिउन र कृषिमा क्रान्ती गरून भनि कृषि यन्त्र हस्तान्तरण गरिएको बताउनु भएको हो।

कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासी प्रमुख देबेश कुमार मिश्रा,प्रतापपुर गाउँपालिका वडा नं।६ वडा अध्यक्ष रामहरि उपाध्याय ,नेपाल पत्रकार महासंघ जिल्ला सल्लाहकार बृजराज कुश्वाहा , सहमति फोकल परसन भिम प्रसाद शर्मा,नौलो बिहान बहुमुखी सहकारी संस्था उपाध्यक्ष दिनेश यादव,जिविकोपार्जन बिज्ञ सुनिल दुलाल लगाएतले कृषि यन्त्र राम्रोसँग सदुपयोग गरि आर्थिक उन्नति र कृषि विकास गर्न सुझाव सहित शुभकामना ब्यक्त गर्नुभएको थियो।

कृषि यन्त्र पाएपछि नौलो बिहान बहुमुखी सहकारी संस्थाका सेयर सदस्य खुशि हुदै कोइका , गुड नेवर्स इन्टरनेसनल र सहमति संस्था तथा संस्थाका कर्मचारीलाई धन्यवाद ब्यक्त गरेका हुन ।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

Leave A Reply

Your email address will not be published.