Jilla Ban Notis

वातावारणीय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिबेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम बडेरामा सम्पन्न

0 40

उर्मिला यादव

सुनवल,मंसिर १७
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसिए नेपालको आयोजनामा मंगलबार पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेराको रंगशालामा बिद्युत प्रसारण आयोजना ४०० केभीको वातावारणीयप्रभाव मुल्यांकनको मस्यौदा प्रतिबेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सुनवल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रेको अध्यक्षता तथा सुनवल नगर प्रवक्ता तथा वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै ४०० केभीको बाताबरणीय प्रभाव मुल्यांकन समितीको परामर्श दाता रबिन ढकालले बिकास समिती बोर्ड ऐन २०१३ अनुसार नेपाल सरकारले मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल एमसिए नेपाल गठन गरेको र एमसिए नेपालले करीब तीन सय १२ किमी लामो ४ सय केभीको बिद्युत प्रसारण लाइन र तीन वटा ४०० केभी सबस्टेसनहरु निमार्ण लागेको जानकारी दिनु भएको छ । उहाले एमसिसीले नेपाल सरकार संग सम्झौता गरेर करिब ४९ करोड ८० लाख अमेरिकी डलर बराबरको रकम नेपाल सरकारलाइ प्रदान गर्ने समेत बताउनु भएको छ ।

प्रस्ताबित ४०० केभी प्रसारण लाइनको भोगाधिकार क्षेत्र ४६ मिटर र आयोजनामा ८ सय ५६ वटा प्रसारण टावरहरु पनि निमार्ण गरीने र यसको उचाइ ४० मिटर देखि ९० मिटर सम्म रहने जानकारी गराउनु भएको छ ।

उहाले यो बिद्युत प्रसारण लाइन १० जिल्लाको एक उपमहानगरपालिका , ११ वटा नगरपालिका र १८ गाउपालिकाहरु समेत गरी स्थानिय निकाय पार गरेर निमार्ण गरीने जानकारी दिनु भएको छ । ४ सय किलो भोल्टको हाइभोल्टेज बिद्युत प्रसारण लाइन बिस्तार कार्य गर्दा पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा नम्बर ११, १२ र १३ लगायत बर्दघाट नगरपालिकाको वडानम्बर दुइ , पाल्हिनन्दन गाउपालिकाको वडानम्बर १, २ र ३ र रामग्राम नगरपालिकाको वडा नम्बर १, ८ , ११,१२, १३ र १७ वडाहरुमा निजी घरदेखि लिएर खेतीयोग्य जमिन र अन्य संरचनाहरु समेत परेका छन
। आफनो निजी घर र खेतीयोग्य जमिन नोक्सान हुने भएकाले सुनवल नगरपालिका वडा नम्बर १३ घिउडल्ला र बिचैयापुरका स्थानियले आजको कार्यक्रमको बहिस्कार गर्दै ४ सय किलो भोल्टको हाइभोल्टेज बिद्युत प्रसारण लाइन बिस्तार कार्य आफनो क्षेत्रमा गर्न नदिने जनाएका छन ।
क्षतिपुर्ति र मुआब्जाको टुंगो नलगाइ पहिलो चरणको काम सकेपछि नोक्सान हुने सम्पतिको बारेमा स्थानियहरु चिन्तित मात्र नभइ स्थानिय निकाय र सम्पति धनीहरुसंग छलफल र समन्वय नगरी सर्भे गरेपछि स्थानियहरु बिरोध जनाएका हुन ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष यमलाल पाण्डे , आदिवासी जनजाति महासंघ पश्चिम नवलपरासीका टिचन गूरुंग , एमालेका थान प्रसाद गैरे , कांग्रेसका देवराज भण्डारी , नागरीक समाजको तर्फबाट प्रदेश नम्बर ५ का महासचिव राममल्ल ठकुरी , इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बलराम गिरी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ११ , १२ र १३ का स्थानिय , जनप्रतिनिधी , लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.