प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा शुक्रवार बसेको बैठकले केहि महत्वपूर्ण निर्णयहरु गरेको छ । मुख्त्रीमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि बैठकले गरेका निर्णयहरु यस प्रकार रहेका छन् ।
क. रुपन्देहीमा
बुटवल धागो कारखाना, भीम अस्पताल भैरहवा,देवदह क्याम्पस
ख दाङमा
बेलझुण्डी आयुर्वेद अस्पताल
ग बाँकेमा
नेपाल प्रहरी अस्पताल र क्यान्सर रोग अस्पताल
२. माननीय सामाजिक विकासमन्त्री सुदर्शन बरालको नेतृत्वमा रेपिड रेस्पोन्स टिम गठन । सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट, भीम अस्पतालको सुपरिटेण्डेन्ट
३ आइसोलेसन तथा ट्रिटमेन्ट अस्पताल निमार्णका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टिम रहने
४.संभावित संक्रमितलाई आइसोलसेन अस्पतालमा रेफर गरी पठाएको र सम्बन्धित अस्पतालले विरामी बुझेको अभिलेख अद्यावधिक गरिराख्ने ।
५ कोरोना भाइरसको सूचना सम्प्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने ।
६ प्रदेशमा रहेका एम्बुलेन्सहरुको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुले तयारी अवस्थामा राख्ने । एम्बुलेन्स चलाउनका लागि थप चालक आवश्यक भए सुरक्षा निकायमा रहेका चालकहरुको विवरण तयार गरिराख्ने । सवारी चालकहरुलाई आवश्यक परामर्श गर्ने ।
७. सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुको विवरण संकलन गर्न थप जनशक्ति आवश्यक भए सम्बन्धित सुरक्षा निकायबाट व्यवस्था गरी विवरण संकलन गरी विवरण संकलन गरिराख्ने ।
८. भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक काम बाहेक नेपाल प्रवेशमा रोक लगाउने ।
९. भारतबाट नेपाल भित्रिने सवारी साधनलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्र आउने व्यवस्था गर्ने ।
१०. आवश्यक सामग्रीहरुको बजारमा अभाव श्रृजना नहुने गरी बजार प्रणाली सन्तुलित बनाउन सबै जिल्लामा प्रमुख जिल्ला अधिकारहिरुको संयोजकत्वमा बजार अनुगमन समुह बनाई नियमित अनुगमन गर्ने ।
११. कोरोना भाइरस सम्बन्धी सही सूचना संप्रेषण गर्न रेपिड रेस्पोन्स टिमका एक जना सदस्यलाई सूचना संप्रषणको जिम्मेवारी तोक्ने ।
१३. सबै कार्यालय, आफ्नो गाउँ घर परिसरमा सरसफाई गर्ने, एकापसमा दुरी कायम गर्ने व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आमनागरिकमा सार्वजनिक सूचना प्रसारण गर्ने ।
१४ कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची सामाजिक विकास मन्त्रालयले तयार गर्ने । आफै खरिद गर्न संभव भए खरिद गर्ने नभए बजेट तगा सामग्री माग गर्ने ।
१५ कोरोना संक्रमणको कारण कुनै क्षेत्र लकडाउन गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी जिल्लागत योजना प्रमुख जिल्ला अधिकारीले बनाइराख्ने । दुई वा बढी जिल्ला लकडाउन गर्न आवश्यक हुन सक्ने विषयलाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सो को योजना तयार गर्ने ।