सुनवल,साउन-१०
सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै मगर संसार फोटो ग्यालरीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१०, गैडाखाल निवासी विपन्न नागरिक चित्रबहादुर थापाको परिवारका लागि निर्माण गरिएको नयाँ आवास हस्तान्तरण गरेको छ।
वर्षायाममा जीर्ण र असुरक्षित कटेरी घरमा बस्दै आएका चित्रबहादुर थापा र उहाँकी श्रीमतीको सुरक्षित आवासको आवश्यकता महसुस गर्दै मगर सन्सार
फोटो ग्यालरीको पहलमा विभिन्न दाताबाट सहयोग सङ्कलन गरिएको थियो ।
टिनको छाना सुनवल नगरपालिकाको सहयोग रहेको समाजसेवी युवराज पुनका अनुसार करिब ३ लाख ६२ हजार रुपैयाँको लागतमा नयाँ घर निर्माण सम्पन्न गरिएको हो।
नवनिर्मित घर हस्तान्तरण गर्दै नगर प्रमुख बिमला अर्यनलले सामाजिक अभियानका रुपा आर्थिक अवस्था कमजोर भयका नागरिकका घर बनाउन सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भयाे । अहिले नगरसँग मिलेर विपन्न दम्पतीलाई घर बनाएर हस्तान्तरण गरेकाे प्रति नगर प्रमुख अर्यालले आयोजकलाई कृतज्ञता व्यक्त गर्नुभएकाे थियाे। अर्यालले चित्रबहादुर पुन दम्पतीलाई औपचारिक रूपमा घर हस्तान्तरण गर्नु भएकाे हो।
उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता मानवीय अभियान अनुकणिय भएको र विपन्न समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयाे ।
कार्यक्रममा नेपाल मगर सङ्घ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष टेकबहादुर पुन, नेपाल मगर सङ्घ सुनवल नगर समितिका अध्यक्ष दीपक थापा तथा समाजसेवी युवराज पुन लगायतले मगर संसार फोटो ग्यालरीले सामाजिक सेवामार्फत उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भएकाे थियो भने कार्यक्रमको सञ्चालन मगर संसार फोटो ग्यालरीका एडमिन आनन्द मगरले गर्नुभएको थियो।
