sunwal

चुपचाप घण्टीको पत्तासाफ हुनेगरी लाग्न सह–महामन्त्री रसाइलीको निर्देशन

592

कृष्ण ढकाल

बर्दघाट,साउन–६

चुपचाप घण्टीको पत्तासाफ हुनेगरी पार्टीका काममा लाग्न नेपाली काङ्ग्रेसका केन्द्रिय सह–महामन्त्री प्रकाश रसाइली (स्नेही)ले  नवलपरासी पश्चिमका नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १५ मा स्थापना गरिएको बि.पि.को शालिक अनावरण गर्दै सह–महामन्त्री रसाईलीले उक्त निर्देशन दिनु भएको हो ।

कांग्रेसका कार्यकर्ता मार्फत जनतालाई नेपाली कांग्रेस पार्टीले के गर्यो के गरेन भन्ने कुरा जनताका बीचमा पुर्या एर आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई पहिलो दल बन्ने गरी लग्न अनुरोध गर्नु भयो । सामाजिक सन्जाल प्रयोग गरेर पुनारा दलहरुले केही गरेनन भन्ने भाष्य निर्माण गरि काङ्ग्रेसलाई हराईएको  भन्दै काम भन्दा सामाजिक सन्जालको प्रचारबाजीले अहिलेको सरकारले जनतामा भ्रम छरेको  दावि गर्नु भयो । नेपाली काङ्ग्रेसले पनि अब साईबर जत्था तयार गर्ने  र सामाजिक सञ्जालबाट लडे र पहिलो पाटि बनाउने बताउनु भयोे । सरकारले लासमा समेत कर लगाएको,सुकुम्बासी बस्तीमा डोजर आतंक मच्चाएको,सुकुम्बासीका बालबच्चालाई पठन–पाठनमा समेत बन्चित गराएको भन्दै रसाईलीले आपत्ती प्रकट गर्नु भएको थियो ।

नेपाली कान्ग्रेस बर्दघाट वडा कार्यसमिती वडा नं. १४,१५ र १६ को संयुक्त आयोजनामा भएको ४४औं वि.पि. स्मृति दिवस, सालिक अनावरण तथा जरा अभियानको समापन कार्यक्रम जरा अभियानका जिल्ला संयोजक एवं केन्द्रिय प्रतिनिधि केशव निरौला,थारु कल्याणकारी सभाका केन्द्रिय सह महामन्त्री राधेश्याम चौधरी, कान्ग्रेसका लुम्बिनी प्रदेश सदस्य भिमबहादुर थापा (भरत ) ,प्रदेश सांसद बैजनाथ जैसवाल, जिल्लाका कार्यवहाक सभापति विक्रम यादव,लगाएतका नेताहरूले कोईरालाको योगदानका बारेमा चर्चा परिचर्चा गरेका थिए ।