कृष्ण ढकाल
बर्दघाट,जेष्ठ -२४
राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीको जिल्ला सभापतिमा रवि पाण्डेय सर्वसम्मत निर्वाचितग हुनुभएकाे छ । यसअघि कार्यवाहकको जिम्मेवारी समाल्दै आउनु भएका पाण्डे सभापति र जिल्ला समितिको उपसभापतिमा रामप्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।
यसअघि तदर्थ समितिमा सचिव रहनु भएका अमर पाठकलाई सोही पदमा चयन गरिएको छ । सर्वसम्मत भएको ९ सदस्यिय जिल्ला समितिको सहसचिवमा राकेश गुप्ता रहनु भएको छ ।
त्यसैगरी तीन जना महिला सदस्यतर्फ प्रेमकला भट्टराई ढकाल, दिलकुमारी कुँवर र शारदा भट्टराई रहनुभएको छ । बहुल जातियता सदस्यतर्फ अरेन्द्रनाथ राय ठाकुर र दलिततर्फ ब्रमा लोहार रहनु भएको छ । कोषाध्यक्ष भने पछि मनोनित गर्ने व्यवस्था छ ।
बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा सम्पन्न भएको अधिवेशनमा २६० जना प्रतिनिधिहरु रहेको निर्वाचन समितिका सदस्य बालिन्द्र विक्रम शाहीले जानकारी दिनुभयो
पालिका अधिवेशन अन्तर्गत प्रतापपुरमा निर्वाचनमार्फत नेतृत्व चयन भएको थियो भने बाँकी पालिकामा सर्वसम्मत समिति गठन भएको थियो । रामग्राम नगर समितिमा भने विवादका कारण तदर्थ समितिलाई निरन्तरता दिएर प्रतिनिधि छनौट गरिएको थियो ।
