Bardaghat Na pa

क्रमैया लगुना खानेपानी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

513

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२२
क्रमैया लगुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट वडा नं. ३ ,लगुनाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका कार्यवहाक अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षता र बर्दघाट वडा नं. ३ का वडाध्यक्ष प्रकाशचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अग्रजहरुले लगुनावासीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने सपनालाई अहिले पुरा भएको बताउनु भयो । अब संस्थालाई थप ब्यवस्थीत र पारर्दशी रुपमा अघिबढाउन जरुरी रहेको समेत बताउनु भयो । उहााले अहिले सम्म ३ लाख बढी रकम बचत गर्न सफल भएकोमा धन्यवाद प्रकट गर्नु भएको थियो ।
त्यस्तैगरी बर्दघाट नगर वास शाखा प्रमुख एवं बर्दघाट खानेपानी समन्वय समितिका सदस्यसचिव कृष्णहरि पौडेलले खानेपानी संस्थालाई ब्यवस्थीत रुपमा सञ्चालन गर्नका लागि कार्य समिति र उपभोक्ता दुबै जिम्मेवार हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहाँले यदी दुबै पक्षले सञ्चालनमा समस्या देखेमा छिमेकी संस्थाहरुसँग मर्च गरेर पनि ब्यवस्थीत रुपमा सञ्चालन गर्न सकिने कानुनी बाटाहरु रहेको जानकारी गराउनु भएको थियो ।

संस्थाका सचिव पशुपति शर्माको सञ्चालन रहेको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गोपिकृष्ण न्यौपाने,सल्लाहकार अर्जुन बस्याल,वडा सदस्य सुनिल चौधरी,हर्षनारायण कुमाल लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने केहि वक्ताहरुले संस्थाको नेतृत्व गर्ने अध्यक्षले राजिनामा दिइसकेको, संस्थाको हिसाव किताव पारदर्शी नभएको र संस्थाको रेकर्डहरु ब्यवस्थीत नभएको जस्ता आरोप लगाउदै अब संस्थालाई नयाँ नेतृत्व आवश्यक रहेको धारणा राख्नु भएको थियो ।

क्रमैया लगुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अहिले सम्म २ सय ३० वटा धाराहरु जडान भएको संस्थाले वार्षिक साधारण सभामा पेश गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरीएको छ । जस्मा गत साउन १ गते देखि चैत्र १ गते सम्ममा ४ लाख ५९ हजार २ सय ३५ रुपैया बरावरको पानी महशुलको विल काटीएकोमा ४ लाख १९ हजार ३ सय ७० रुपैया उठेको र ४७ हजार १ सय ५५ रुपैया उठन बाँकी रहेको उल्लेख गरीएको छ ।
त्यसैगरी एक बर्षमा २ लाख ८२ हजार ८ सय २० रुपैया खर्च भएको छ भने २ लाख ४२ हजार ३५ रुपैया एन.एम.बि. बैंक बर्दघाट शाखामा संस्थाको खातामा बतच रहेको क्रमैया लगुना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ओम प्रकाश चौधरीले जानकारी गराउनु भएको छ ।