Bardaghat Na pa

अटिजम भएका बालबालिकाहरुलाई सबैले सहयोग गरौं ः उपप्रमुख उपाध्याय

612

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२२

अटिजम भएका बालबालिकाहरुका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्ने बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ । बर्दघाटमा रहेको अटिजम केयर एन्ड सपोर्ट सेन्टरको नयाँ भवनको समुद्घाटन तथा सहयोग सामाग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै उपप्रमुख उपाध्यायले सो कुरा बताउनु भएको हो ।
बर्दघाट नगरले आफनो क्षेत्रमा रहेका अटिजम भएका बालबालिकाहरुका लागि सानैभएपनि सहयोगको शुरुवात गर्नुपर्छ भन्ने उद्धेश्यले अटिजमका क्षेत्रमा काम गरेको अटिजम केयर एन्ड सपोर्ट सेन्टर बर्दघाटलाई एक लाख बरावरका सामानहरु हस्तान्त्रण गरेको थियोे ।
अटिजम केयर एन्ड सपोर्ट सेन्टर बर्दघाटकी चिजा सुनारको अध्यक्षता र उपमेयर रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमाा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले अटिजम भएका र अपाङ्ग भएका बालबालिकाहरुलाई राज्यले आर्थिक रुपमै सहयोग गर्ने गरेको जानकारी गराउदै सम्वन्धित ब्यीक्तहरु सेवालिनबाट नछुट्ने वातावारण बनाउन सबैले ख्याल गर्नु पर्ने बताउनु भयो ।

प्रशिक्षक रोहित कार्कीको स्वागत तथा शिव प्रसाद शर्माको सञ्चालन रहेको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं ६का वडाध्यक्ष रोहित थारु,वडा नं. ८ का वडाध्यक्ष कविराज आचार्य बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,समाज सेवी राजेन्द्र सुनार,बर्दघाट नगरकी वरिष्ठ प्रशासकिय अधिकृत मन्जु खनाल ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत अप्सरा सुवेदी,नगर स्वास्थ प्रमुख इश्वरी न्यौपाने ,मनकामना ई.बो स्कुलका प्राचार्य तारा पन्थ,ग्लोरियस एकेडमीकी प्राचार्या गोमा पङेनी, समाजसेबी दिपक सुनार ,रोहित कार्की लगाएतको उल्लेखनीय उपस्थिती रहेको थियो ।