Bardaghat Na pa

बर्दघाट नगरले गर्यो खानेपानी समन्वय समिति गठन

583

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२१
बर्दघाट नगरपालिकाले “बर्दघाट नगर खानेपानी समन्वय समिति” गठन गरेको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठ अध्यक्ष र वासशाखा प्रमुख कृष्णहरि पौडेल सदस्य सचिव रहनेगरी “बर्दघाट नगर खानेपानी समन्वय समिति” गठन भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । संघिय सरकारको निति तथा बर्दघाट नगरपालिको नगर एने अनुसार समिति गठन गरीएको नगर प्रमुख श्रेष्ठले बताउनु भएको छ ।
एने अनुसार गठीत बर्दघाट नगर खानेपानी समन्वय समितिको अध्यक्षमा नगर प्रमुख शम्भुलाल श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा भिमकाजी गुरुङ (सामाजिक विकास समितिका संयोजक) ,जानुका न्यौपाने( कार्यपालिका सदस्य) ,वेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मान बहादुर थापा ( खानेपानी संस्था ),जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी कोषाध्यक्ष मेनुका आचार्य ( खानेपानी संस्था ), दिपक लम्साल ( शाना शहरी खानेपानी महासंघ केन्द्रिय सदस्य),बृहस्पति अधिकारी (सरोकारवाला) ,कुलदिप श्रेष्ठ ( विज्ञ) र कृष्ण हरि पौडेल सदस्य सचिव ( वास शाखा बर्दघाट नगरपालिका ) रहनु भएको छ ।

बर्दघाट नगरपालिकाले “बर्दघाट नगर खानेपानी समन्वय समिति” गठन गरेसँगै जेष्ठ २० गते बसेको समितिको पहिलो बैठकले नगरका सबै खानेपानी संस्थाहरुलाई हरेक बर्षको असोज मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नु पर्ने गरी परिपत्र गर्ने निर्णय गरेको वास शाखा प्रमुख तथा बर्दघाट नगर खानेपानी समन्वय समितिका सदस्य सचिव कृष्ण हरि पौडेलले बताउनु भएको छ । त्यसैगरी बर्दघाट नगरपालिकालाई यो बर्ष संघवाट प्राप्त हुने अनुदानको एक करोड रकम सबै नगरको खानेपानीका क्षेत्रमा खर्च गर्ने समेत निर्णय भएको पौडेलले बताउनु भयो ।

१२ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरु रहेको बर्दघाट नगरमा १८ हजार ५ सयबढी घरधुरीहरु मध्ये ७५ प्रतिशत घरहरुमा खानेपानी संस्थाहरुबाट वितरीत शुद्ध खानेपानीका धाराहरु जडान भैसकेको र बााकी २५ प्रतिशत घरहरुमा अबको बर्ष पानीका धाराहरु जडान गरी बर्दघाट नगरपालिकालाई “एक घर एक धारा” भएको घोषण गर्नेगरी नगर अघि बढेको नगर प्रमुख श्रेष्ठले गाउँले दर्पण अनलाइनलाई जानकारी गराउनु भएको छ । त्यसैगरी खानेपानी समन्वय समिति गठन भएसँगै अव नगर भित्रका सबै खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकोे धारा जडान शुल्क र पानी महशुललाई समान कायम गर्ने बताउनु भयो ।