sunwal

आदरणीय मित्र , शुभकामना ! ःरविन्द्र विक्रम हमाल

1,111

आदरणीय मित्र ,
शुभकामना !
मित्रले आफू कार्यरत पार्टी सिद्धान्त भुत्ते र देशमा शुशासन न आउने ठहर गरि त्याग गरेँ र अमुक पार्टी ले गर्ने बिस्वास लिइ उतै तर्फ लाग्ने तरखर गरे भन्नु भयछ ।
-“जता बाट आयपनी बिराला ले मुसा मार्नु पर्छ” मुसा मार्न त्यतै लागेँ भन्नू भयछ । मैले पनि सहकार्य गरेको ले केही भनौ लाग्यो । सामाजिक ब्यक्ति-विषय भएको ले अधिकार पनि हुन्छ भन्ने पनि लाग्यो अन्यथा माफ पाँउ ।
हो मानिस कसैको दास कहाँ हो र ?
सोच बिचार परिवर्तन हुन सक्छ छुट्टै दिशानिर्देश हुन सक्छ ।
धेरै रुप व्यबहार धरातल परिवर्तन हुन सक्छ । अधिकारको प्रयोग जो कसैले गर्न पाउछ मैले र यहाँ ले पनि ।
तर लामो पार्टी को इतिहास बोकेको ब्यक्ति हिजो मात्रै “एमाले पार्टी को सिद्धान्त नीति कार्यक्रम ले मात्र यो देशको प्रगति समृद्धि सुशासन ल्याउछ !” एमाले पार्टी को अमुक ब्यक्ति .जस्तो हिम्मतिलो ब्यक्ति नहुदोहो त यहाँ कसैले मानव अधिकार को प्रयोग गरेर बाटोमा निस्कने औकात सम्म हुने थियन।” भनेर कार्यकर्ता लाई भन्ने हौसाउने त्यही ब्यक्ति आज ? केही दिनहरू मै बिना कुनै बिबाद छलफल एकाएक यो पार्टीको सिद्धान्त नीति कार्यक्रम नेतृत्वले सुशासन समृद्धि प्राप्त हुदैन भन्दै पार्टी परित्याग गर्दा आश्चर्य त लाग्छ नै ।
@ कुनै बेला माओबादी नभै बाच्न नसकिने भो त्यहीभयर माओबादी बने भन्थे (सही नहुन पनि सक्छ ) त्यसो त पक्कै होइन होला ?
@ चुनाव हारियो तेसैले पनि नहोला अस्ति भर्खर निर्वाचन मा जीत हार भनेको भै नै हाल्छ । कहिले दिन त कहिले रात, कहिले घाम त कहिले छाँया , यो त अबस्यमभाबी हो आसय पढ्दै थिय । हार भन्नू नै अन्त्य हो भन्नेनै हो भने त यहाँ ले पनि दोस्रो कार्यकाल नगर प्रमुख, पार्टी महाधिवेशन प्रतिनिधि मा हार प्राप्त गर्नु भो, के सामाजिक भुमिकाको अन्त्य भो ?
@ पार्टी मा अबसर नपायर पार्टी बाट लगारियर ? त्यसो पनि नहुनु पर्ने हो —-
बरु यहाँलाई नै यस्तो आरोप विभिन्न ब्यक्तिले लगाउछन ।
गणतन्त्र को पहिलो शक्तिशाली नगरप्रमुख , दोस्रो पटकको पनि उम्मेदवार , पार्टी संगठन को जिल्ला सचिव , अध्यक्ष को प्रत्यासी नेता ।
पार्टी का कार्यक्रम नेतृत्व प्रति को असहमति बारे कहिल्यै भिन्नमत छलफल चलायको सुन्न पनि पाइयन ।
हो पक्कै पनि पार्टीहरुका कमजोरी हरु छन । कमजोरी नगरेका भय , जनता संग जोडिन सकेको भय यो हबिगत त हुदैन थियो होला ! अन्तरास्ट्रिय कारण भनेर पक्कै पनि पन्छिन नमिल्ला ।
तर तपाईं पदाधिकारी जनप्रतिनिधि नेता तपाईं पनि यो दोष को भागिदार होइन ?
यो पार्टी लाई यहाँसम्म पुर्याउने भागिदार तपाइँ पनि होइन ।
जन अनुमोदित हुँदा सम्म पद लिने, अबसर लिने , पदमा उठ्ने उठाउने, हारे खराब ? यस्तोलाइ अबसरबादी भन्छन भन्नुहुन्थो ! आज के भन्नू हुन्छ ?
बुढा पुरानाले”जता काफल पाक्यो उतै चरी नाच्यो”भनेको यहि रहेछ क्यारे ! बलेकै आगो ताप्ने त हो ।

नव युवाहरुले नयाँ आस सुशासन समृद्धि को चाहमा नयाँ आन्दोलन सम्पन्न भयो । यसलाई विभिन्न कोणबाट हेर्न सकियला तर प्रयत्न जनअनुमोदित भैसकेको छ । नया सरकार देशमा सुशासन को अभ्यासमा छ भलै केही प्रयत्न संतोषजनक नदेखिय पनि तीब्र आलोचना गर्ने समय भैसकेको छैन भन्ने लाग्छ । सरकार सफलहोस देशमा सुशासन र समृद्धि आवोस देश जसले बनाय पनि हुन्छ अमुक पार्टी ले मात्र बनाउनु पर्छ भन्ने छैन । जनतालाई चाहियको नाना छाना खाना शिक्षा स्वास्थ्य हो त्यो जे नाम गरेका ले दिदा पनि हुन्छ ।

प्रतिपक्षी पार्टीले पनि सचेत गर्ने रचनात्मक आलोचना गर्ने रास्ट्रिय मुद्दामा सघाउने र रास्ट्रघात को अबस्थामा सशक्त आन्दोलन प्रतिकार गर्ने हो भन्ने लाग्छ ।अहिले नै ससक्त प्रतिकार गर्ने समय होइन कि !
यो आजको अबस्थामा सबै सम्बेदनशील हुनु जरुरी छ । सत्तापक्षियहरु पनि अरुलाइ भन्ने गरेको जस्तै झोले हुनु भयन ।साघुरिने पार्टीहरुले पनि आफुलाइ सुधार्नु पर्यो । आखिर सबै सच्चिदा नै देश सच्चिने हो । होइन भने सुशासन कै नाममा कोतपर्ब, भण्डारखाल पर्व, श्री३ ,१०बर्से जनआन्दोलन हिजो को बिद्रोह सबै भय धेरै जनधनको क्षती भयो तर सुशासन र समृद्धि ???
तसर्थ सुध्रौ सुधारौ अबको आबस्यकता यही हो कि ! यहाँलाइं पनि लाग्ने गरेका आरोप चिसापानी
जग्गा तिमिल्सिना लाई बुझायको,
सम्पत्ति आर्जनका लागि सुकुम्बासी पनि हुने गरेको, कोरोनाकालमा अरुको स्कुल बन्दगरी आफ्नो संचालन गरेको, सार्बजनिक जग्गा निजि प्रयोग गरेको , अनुत्पादक घन्टा घर जस्तो निर्माणमा जनताको पैसा स्वाहा पारेको जस्ता दोषारोपण लाई असत्य साबित गर्न आबस्यक कार्य गर्दा समाज लाइ नै फाइदा हुन्थ्यो कि ।
सत्तासीन पार्टी हाल त्यसै पनि बलियो छ । हामी नहुदा पनि बिद्रोह सम्पन्न भयो जनअनुमोदन भयो सरकार कार्यरत छ अब हामी नहुदा त आकाश खसीहाल्छ उनीहरुको नेतृत्व पनि मै गर्छु नभन्ने कि ?!

@ रविन्द्र विक्रम हमालकाे सामाजिक सञ्जालकाे वालवट साभार