आरती राना
बर्दघाट,जेष्ठ–५
हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्था बर्दघाट–२,चिसापानीले बर्दघाट नगरपालिकाको सहयोगमा आफ्ना शेयर सदस्यहरुलाई एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम प्रदान गरेको छ ।
सहकारीले अवलम्वन गर्ने सात सिद्धान्तहरू मध्ये शिक्षा,तालिम र सूचना सम्बन्धि सिद्धान्तलाई आत्मसाथ गर्दे सहकारीले साक्षरता कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष विष्णु बरालले जानकारी गराउनु भएको छ ।
हाम्रो सुपर वचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्रहरु भएका स्थानहरु पञ्चनगर,भटौलिया,जिमिरेभार र सूर्यनगर सँगै केन्द्रिय कार्यालय रहेको स्थान चिसापानीमा छुट्टा–छुट्टै दिन सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरीएको संस्थाका ब्यवस्थापक विष्णु बहादुर वस्नेतले बताउनु भयो ।
५ सय ४८ जना शेयर सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा सहकारीको परिचय, ईतिहास, महत्व, सहकारीको आवश्यकता यसको प्रकृति,सहकारीको कार्यक्षेत्र, सदस्यहरुको काम कर्तव्य र अधिकार , सदस्यहरुको भुमिका, संस्थाको बर्तमान अवस्था, नीतिनियम, गुनासो तालिम, सुझाव संकलन लगायतका बिषय बस्तुलाई समेटिएर तालिम सञ्चालन गरीएको संस्थाका सहायक ब्यवस्थापक डिलबहादुर शाहीले जानकारी दिनुभयो ।
सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकास उपाध्या,सहकारी विभागकी सृजना अर्यालय,हाम्रो सुपर सहकारीका अध्यक्ष विष्णु बराल ,ब्यवस्थापक विष्णुबहादुर वस्नेत,सहायक ब्यवस्थापक डिलबहादुर शाही लगाएतले सहजीकरण गर्नु भएको थियो ।
