Bardaghat Na pa

जेष्ठ नागरीकहरुलाई जलपान ,सम्मान तथा नि:शुल्क स्वास्थ शिविर सम्पन्न

508

बर्दघमट, वैशाख -७

जेष्ठ नागरिक मुस्कान केन्द्र बर्दघाट -१४ले जेष्ठ नागरिकहरुका लागि जलपान ,सम्मान तथा नि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेकाे छ ।

बुद्धवस्ती र पवित्र बस्तीका जेष्ठ नागरिकलाई सम्मान सहित औषधि सहितको उपचार गरेकाे कार्यक्रम संयाेजब मधुसुधन अर्यालले जानकारी दिनुभयाे ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठकाे प्रमुख आतिथ्यता र उपप्रमुख रुद्र प्रकाश उपाध्यायकाे विषेश उपस्थित रहेकाे उक्त कार्यक्रममा वडा अध्यक्ष एवं नगर प्रवक्ता सन्तबहादुर गाहा , वरिष्ठ चन्ददाता बलभद्र लमसाल,सरस्वती मावि का प्रधानाध्यापक सोमनाथ अधिकारी ,सहित स्मृति सामुदायिक अस्पतालका उपाध्यक्ष टिकाराम भण्डारी लगाएतकाे उपस्थिति रहेकाे तियाे ।

१ सय ६५ जना जेष्ठ नागरिकहरूकाे सहभागीता रहेकाे कार्यक्रम दुर्गा पसाद उपाध्याय अध्यक्ष र प्रेम नारायण पाण्डेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।