Bardaghat Na pa

आफ्नै नयाँ भवनबाट सेवा शुरु

498

परासी ,चैत -२

पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले बैशाख १ गतेदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ ।पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन निर्माण गरिएको हो ।

विसं २०७९ चैतमा भवन निर्माणका लागि ठेक्का पाएको कम्पनीले २०८१ को पुस मसान्तसम्म काम सक्नुपर्ने थियो । डिजाईनमा प्राविधिक त्रुटि भएपछी समयमै काम सम्पन्न नभएपछि चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्णय भएपछि २०८२ चैत २६ गते औपचारिक रूपमा भवन हस्तान्तरण भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले जानकारी दिए ।

सुविधासम्पन्न तीनतले भवन रु सात करोड ८७ लाख ९२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।यस अघि उद्योग बाणिज्य संघको भवनबाट कार्यालयको सेवा प्रवाह हुँदै आएको थियो ।नयाँ ब्यवस्थित भवन निर्माणले आम सेवाग्राहिलाई सहज हुने छ ।