Bardaghat Na pa

राष्ट्यि माविकी दिक्षा पाण्डे प्रथम

495

बर्दघाट,माघ -२०

उद्योग व्यापार संघ बर्दघाटद्धारा आयोजना गरिएको प्रथम बर्दघाट एक्सपो २०८२ मा भएकाे बकतृत्व कला प्रतियोगितामा  राष्ट्यि माविकी दिक्षा पाण्डे प्रथम भएकिछन । त्यसैगरी  दाऊन्नेदेवी माविका आयाम पौडेल द्धितिय र शान्ति निकुञ्ज माविका शाहिद अली मीया तृतिय स्थान प्राप्त गर्न सफल भएका छन । विजेताहरुले क्रमसःप्रथम हुनेले आठ हजार रुपैया र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगिले छ हजार रुपैया र प्रमाणपत्र, तथा तृतियहुने प्रतियोगिले चार हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन
कार्यक्रममा एक्सपोका अध्यक्ष राजु न्यौपाने, शिक्षा उपसमितिका संयोजक केशव बस्याल, एक्सपोका सांस्कृतिक संयोजक मोहन सापकोटा, शिक्षा उपसमिति सदस्य बलराम भण्डारी, निर्णायहरुमा तोरेन्द्र जि सी, सिताराम ज्ञवाली र बिमला सुवेदी लगायत प्रतियोगितामा उपस्थित विद्यालयका शिक्षक प्रतिनिधीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
“स्थानीय उद्योग र व्यापार, दिगो बिकासको आधार” भन्ने नारामा आधारित रहेर उद्योग व्यापार संघ बर्दघाटद्धारा आयोजना गरिएको प्रथम बर्दघाट एक्सपो २०८२ म विविध शैक्षिक कृयाकलाप अन्र्तगत आयोजित नगरभित्रका आधारभुत तहका विद्यालय स्तरिय बतृत्वकला प्रतियोगितामा ११ विद्यालयका ११ प्रतियोगिले सहभागिता जनाएका छन । त्यस्तै माध्यमिक विद्यालय स्तरिय बतृत्वकला प्रतियोगितामा ६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन ।
आधारभुत तर्फ कुुमुदिनीका अनुज भट्टराई, जयन्ती आधारभुतका प्रशान्त पाण्डे, राजा माहात्मा पूर्णभद्र माविका सिवानी चापागाई, दुर्गा आधारभुतका मन्जित बाँनिया, मनाकामना ई.स्कूलका मोहित कण्डेल, शान्ति निकुञ्ज रेवती गौमाता गौतमका यशोधा लामिछाने, दाऊन्ने देवी माविका शुभम रणपाल, आईरिस एकेडेमीका प्रशंसा के सी, न्यू भिजन ई.स्कूलका आयुष न्यौपाने तथा ग्लोरियस एकेडेमीका रितु पाण्डे सहभागि रहेका थिए । जसमध्ये ग्लोरियस एकेडेमिकी छात्रा रितु पाण्डे प्रथम, न्यू भिजन ईंग्लिस स्कूलका आयुष न्यौपाने द्धितिय तथा दाऊन्ने देवी माविका सुभम रणपाल तृतिय भएका छन । विजेताहरुले क्रमसः प्रथमहुनेले सातहजार रुपैया सहित प्रमाणपत्र, द्धितिय हुनेले पाँच हजार नगद सहित प्रमाणपत्र तथा तृतियहुनेले तिन हजार रुपैया सहित प्रमाणपत्र प्राप्त गरेका छन ।
त्यस्तै माध्यमिक विद्यालयल स्तरिय बतृत्वकला प्रतियोगितामा एक्स आर्मिका प्रशंसा थापा, दाऊन्ने देवीका आयाम पौडेल, सरस्वती माविका प्रतिक्षा भुर्तेल, राजा माहात्मा पूर्णभद्रका खुसी केवट, शान्ति निकुञ्ज रेवती गौमाता गौतमका शाहिद अलि मीया, राष्ट्यि माविका दिक्षा पाण्डे सहभागि भएका थिए ।