Bardaghat Na pa

किसानहरुकाे बारीमै गएर सुझाब संकलन

533

बर्दघाट,माघ-१०
उद्योग व्यापार संघ बर्दघाटद्धारा आगामी माघ आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा नगरभित्रका किसानका राय संकलन गरिएको छ । नगरभित्रका किसानहरुको कृर्षि उपजलाई बजार प्रर्वद्धन गर्ने उद्देश्यले बास्तविक किसानको घर दैलो तथा खेतमै गएर सुझाव संकलन गरिएकोहो । उद्योग व्यापार संघका कृर्षि उत्पादन, घरेलु उद्योग तथा पर्यटन प्रर्वद्धन संयोजक खुमाकान्त न्यौपाने, बर्दघाट नगरपालिका पशुपंक्षि शाखा प्रमुख भरत लम्साल, बर्दघाट नगरपालिका कृर्षि अधिकृत नविन ढकाल, निजी भेटेरिनरी व्यवसायी रमेश पाण्डे, पशु स्वास्थ्य प्राविधिक अभिषेक लामिछाने सहितका सात सदस्यीय टोलिले किसानका समस्या सुन्ने समाधान गर्दै धेरै भन्दा धेरै एक्सपोमा कृर्षि तथा पशुपंक्षीका स्टल राखि स्थानिय उत्पादनलाई सहजै बजार उपलब्ध गराऊन किसानको घरदैलोमा पुगेका संयोजक खुमाकान्त न्यौपानले बताऊनुभयो ।


प्राविधिक सहितको टोली बजारी करणका लागि घरदैलो मै आऊदाँ बजारीकरण गर्न थप सहजहुने किसानले बताएका छन । किसानका उत्पादनलाई यसरी सहज बजारीकरणकालागि घरदैलो मै आएकोमा किसानले धन्यवाद व्यक्त गर्दै आफ्ना उत्पादन एक्सपोमा राख्ने बाँचा गरेको र नगरले पनि आवस्यक सहजीकरण गर्ने जानकारी बर्दघाट नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख भरत लम्सालले गर्नुभयो ।
साथै एक्सपोमा स्थानिय उत्पादनले स्थानपाऊदाँ च्याऊ उत्पदक किसान, टमाटर उत्पादक किसान तथा तथा विऊ विजन उत्पादन गर्ने किसान उत्साहित भएको हुदाँ एक्सपोले बर्दघाट नगरका कृर्षिमा आधारित किसानलाई उत्पादन तर्फ थप आकर्षित बनाऊने बर्दघाट नगरपालिकाका कृर्षि शाखा अधिकृत नविन ढकालको भनाई रहेको छ ।
एक्सपोमा स्थानिय उत्पादनमा आधारित माहुरीजन्य, दुग्घ जन्य, कृर्षि उत्पादन, पशुपंक्षीका स्टल, फलफुलका नर्सरीका स्टल रहने र विषेश छुट दिईने छ ।