Bardaghat Na pa

विज्डम सेकेन्डरी बोडीङ्ग स्कुलका बिधार्थीहरुद्धारा जेष्ठ नागरीकहरुलाई सम्मान

482

कृष्ण ढकाल
बर्दघाट,पौष–४
बर्दघाट–७,जिमिरेभारमा रहेको विज्डम सेकेन्डरी बोडीङ्ग स्कुलको कक्षा १० का बिधार्थीहरुले जेष्ठ नागरीकहरुलाई एक कार्यक्रमका विच सम्मान गरेका छन । बिद्यार्थीहरुले आफ्नो गाउँ टोलमा रहेका ,जेष्ठ नागरीक ,असाहय र अपाङ्गता भएकाहरुलाई सम्मान गरेका थिए ।

त्रिनेत्र धामको सभाहलमा आयोजना गरीएको सम्मान कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. १,७,१२ र १४ का १ सय ५० बढी जेष्ठ नागरीकहरु सहभागि रहेको विद्यालयका प्रिन्सीपल लिलासागर अधिकारीले बताउनु भयो ।

समाजका हरेक जेष्ठ नागरीकहरुलाई नयाँ पुस्ताले सम्मान पूर्वक आदर संस्कार गर्ने बानीको विकास गर्नु पर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले गत बर्ष देखि नै विज्डम सेकेन्डरी स्कुलको कक्षा १० का बिद्यार्थीहरुले जेष्ठ नागरीक ,असाहय र अपाङ्गता भएकाहरुलाई सम्मान गर्ने कार्यक्रमको शुरुवात गरेको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा शिक्षक गोपालप्रसाद पौडेलले बताउनु भएको छ ।

कक्षा १० की बिद्यार्थी सस्कृति पौडेलको अध्यक्षता सृजना परियारको स्वागत र त्रिनेत्रधामका संस्थापक अध्यक्ष एवं समाज सेवी नवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले जेष्ठनागरीकहरुले आर्जन गरेको सिप,ज्ञान र अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्ने र उहाँहरुलाई सम्मान गर्ने संस्कार शुरु भएको भन्दै विज्डम सेकेन्डरी बोडीङ्ग स्कुलका बिद्यार्थीहरुलाई धन्यवाद प्रकट गर्नु भएको थियो।
त्यसैगरी सोही कार्यक्रममा जेष्ठ नागरीकहरुको तर्फबाट बोल्दै बर्दघाट नगरपालिका वडा नं. ७ का वडा सदस्य टंकप्रसाद उपाध्यायले नयाँ पुस्ताका बालबालिकाहरुलाई जेष्ठनागरीकहरुको सम्मान गर्ने संस्कार सिकाएकोमा विज्डम सेकेन्डरी बोडीङ्ग स्कुल प्रति आभार ब्यक्त गर्नु भएको थियो । छोराछोरीहरु विदेशी संस्कृति र संस्कारमा रमाउने र कमाउने मात्र सोंच भएका हुन्छन भन्ने मान्यतालाई चिरेर नेपाली संस्कारको विकास र जेष्ठनागरीकहरुको सम्मान गरेकोमा धन्यवाद प्रकट गर्नु भएको थियो ।

गोपालप्रसाद पौडेलको सञ्चालन रहेको कार्यक्रममा वडासदस्य अम्वीका शर्मा,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने योगगुरु नरेश पंगेनी,प्रकाश श्रेष्ठ,बसन्त रेग्मी,कृष्णप्रसाद सापकोटा लगाएतले जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने कार्य निक्कै प्रसंसनिय रहेको भन्दै धन्दवाद प्रकट गरेका थिए ।