कृष्ण ढकाल
बर्दघाट ,असार –२६
बर्दघाट नगरलाई योग नगरका रुपमा विकास गर्नेगरी बर्दघाट नगर सरकार अघिबढेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
गुरुपूर्णीमाको अवसरमा पतञ्त्रिजलीयाेग समिती त्रिनेेत्रधाम जिमिरेभारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दे नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
अहिले सम्म बर्दघाट–७ ,जिमिरेभारमा रहेको त्रिनेत्रधाम जिमिरेभारसंगको सहकार्यमा योग शिविर र योग साधना केन्द्रहरु सञ्चालन गरीएको बताउदै अब नयाँ आ.ब. देखि नगरपालिकाले नै त्यसको अपनत्व लिएर नगरका सबै वडाहरुका योग साधना केन्द्रहरु सञ्चालनमा ल्याउने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।
उहाँले त्यसका लागि वडाका सबै सामुदायिक भवनहरुको सदुपयोग गर्ने गरी बजेट समेत विनियोजन गरेको बताउनु भएको थियो । नियमित योग साधना गर्नाले दिर्गरोगिहरुको समस्यालाई न्यूनिकरण गर्न सहयोग हुने भएकाले नगरसरकार त्यसमा बजेट विनियोजन गरेर नै अघिबढेको श्रेष्ठको भनाई थियो ।
त्रिनेत्र ज्येष्ठ नागरीक दिवा सेवा केन्द्रका कार्यक्रम संयोजक तथा पतञ्जली योग समिति त्रिनेत्रधाम जिमिरेभारका अध्यक्ष नरेश पंगेनीको अध्यक्षता र सचिब प्रकाश श्रेष्ठको सञ्चालन र पतञ्जली योग समितिका जिल्ला महिला अध्यक्ष दिलकुमारी कुवंरको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष तथा त्रिनेत्रधाम जिमिरेभारका निर्वतमान अध्यक्ष लेखनाथ न्यौपानेले पञ्चनगर,बर्दघाट शिवालय मन्दिर,बर्दघाटको हरियालीनगर,बाढीपिडित उद्योग वाणीज्य संघको भवन,धनेवा,गंगावस्ती र जिमिरेभार त्रिनेत्रधाम गरी ७ स्थानमा योग साधना केन्द्रहरु सञ्चालन भैरहेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी योग गुरु तथा अध्यक्ष पंगेनीले स्वास्थ्य निरोगी र दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्न जरुरी रहेको बताउनु भयो । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको र नसर्ने रोगको जोखिम पनि बढेको हुदाँ हरेक मानिसलाई योगअभ्यास अति आवश्यक रहेको पंगनीको भनाइ रहेको थियो । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहने भएकाले शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योगागर्न अनिर्वाय रहेको बताउनु भयो ।
गुरुपूर्णीमाका असरमा आयोजना गरीएको उक्त कार्यक्रम पश्चात त्रिनेत्र धाममा रहेको अग्नी होमनकुण्डमा संयुक्त होमनगर्दै गुरुहरुको स्मरण गरीएको थियो । कार्यक्रममा नगरका सबै योग साधना केन्द्रका योगीहरु,सामाजिक संघ संस्थाका ब्यक्तिहरु लगाएतको उपस्थिती रहेको थियो ।