Bardaghat Na pa

बर्दघाट खानेपानी संस्थामा नयाँ डिप बोरिङ्ग गडानकार्य शुरु

564

कृष्ण ढकाल
बर्दघाट ,असार –२५
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले  एक कार्यक्रमका विच अर्काे नयाँ डिप बोरिङ्ग गडान कार्यको सिलन्यास गरेको छ । बर्दघाट–४, बाढीपिडितको नवकालिका टोलमा रहेको संस्थाको खानेपानी टंकी भएको स्थानमा नयाँ डिप बोरिङ्ग गडान कार्यको शुभारम्भ गरीएको हो ।

संस्थाका अध्यक्ष दिपक लम्सालले पुजा अर्चना गरी शुरु गर्न भएको डिप बोरिङ्ग गडान कार्यको सिलन्यास कार्यक्रममा कार्यसमिति ,सल्लाहकार, तथा बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तिहरुको उल्ल्ेखनिय उपस्थिती रहेको थियो ।

खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय,बुटवलको ३४ लाख ७७ हजार २ सय ६३ रुपैयाको लागतमा निर्माण हुन लागेको डिप बोरिङ्ग गडान कार्यको जिम्मा शैलुङ कन्ट्रक्सनले लिएको छ । ६ महिन भित्र निमार्ण कार्य सम्पन्न गरेर हस्तान्त्रण गर्नेगरी जिम्मा लिएको निमार्ण कम्पनीका अमृत खड्काले जानकारी गराउनु भएको छ ।

बाढीपिडितमा रहेको खानेपानी बोरीङ्ग बिग्रीएका कारण अहिले उक्त परिसरमा डिप बोरिङ्ग गडान कार्यशुर गरीएको संस्थाका अध्यक्ष दिपक लम्सालले बताउनु भएको छ।
बर्दघाटमा संस्थाको परिसरमा ३ वटा र बाढीपिडीतमा एउटा बिग्रीएको र एउटा नबिग्रेरको डिप बोरिङ्ग रहेका छन। त्यसैगरी जंगलको मुहान क्ष्ँेत्रबाट समेत २ वटा मुलको पानी शुद्धिकरण गरेर ल्याइएको छ ।

१८ हजारबढी जनसंख्या रहेको सेवाक्षेत्रमा ४ हजार २ सय २ जना उपभोक्ताहरुलाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गरीएको संस्थाका सचिव शोभकान्त कोईराला (शिव)ले बताउनु भएको छ । त्यसैगरी बर्दघाट नगर सरकारले अघिसारेको एक घर एक धारा अभियानलाई सहयोगगर्दै नगर स्तरीय प्रयोगशाला समेत खानेपानीकै कार्यलयमा सञ्चालनमा ल्याईएको छ ।