कृष्ण ढकाल
बर्दघाट,असार–१०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले असार १० गते भएको १६ औं नगर सभामा नगरकाका सबै विषयगत समितिहरु विघटन गर्नु भएको छ ।
२०७४ साल साउन २८ गतेको कार्यपालिकाबाट स्विकृत बर्दघाट नगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन नियमावली २०७४ ) अनुसार विषयगत समितिहरु विघटन गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भएको छ ।
नगर सभामा नगरप्रमुखले विषयगत समितिहरु विघटन गरेसँगै अहिले सबै विषयगत समिती शुन्य भएको छ ।
त्यसैगरी बर्दघाट नगरपालिकाको १६ औं नगरसभाले आ।व। २०८२/०८३ को नीति तथा कार्यक्रम, आ।व। २०८२/०८३ को बजेट, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, नगर प्रहरीको गठन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८२, कृषि तथा पशुपंक्षी विधेयक २०८२ र अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन स्वीकृति गरेको छ । त्यसैगरी लेखा समितिको प्रतिवेदन र विभिन्न समयका बैठकका निर्णयहरू समेत अनुमोदन गर्दै बर्दघाट नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ ।
नगर सभाले आ।व। २०८२/०८३ का लागि ९७ करोड ७२ लाख बजेट सार्बजनिक गर्दै सम्पन्न भएको थियो । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सार्वजनिक गर्नु भएको उक्त बजेटमा कुल बिनियोजन रकम मध्ये चालू खर्च तर्फ ५७ करोड ४७ लाख,पुजीगत तर्फ ४० करोड २७ लाख बजेट बिनियोजन गरिएको छ ।
कुल बजेट मध्ये संघ सरकारको श्रोतबाट जम्मा ५३ करोड ७० लाख,प्रदेश सरकारबाट ३ करोड ५७ लाख ३८ हजार,नगरपालिकाको आन्तरिक श्रोत तर्फ गत बर्षको अल्या समेत १६ करोड र राजश्व बाडफाड तर्फ २३ करोड ९४ लाख ६२ हजार बिनियोजन गरिएको छ ।
कुल बजेट मध्ये र ५० लाख बजेट नागरिकको लागत सहभागीता बाट प्राप्त हुने अनुमान गरिको बजेटमा समावेस रहेको छ । त्यसै गरी बिपद ब्यवस्थापन कोष तर्फ ४० लाख र नमुना वडा बिकास कार्यक्रम तर्फ १ करोड बिनियोजन गरिएको छ ।
