श्याम बुचा
सुस्ता , असार–८
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८२/०८३ को निति तथा कार्यक्रम आईतबार प्रस्तुत गरेको छ ।
सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा भएको सुस्ता गाउँपालिकाको १७ औं गाउँ सभाको अवसरमा सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले आर्थिक बर्ष ०८२/०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य,शिक्षा,खानेपानी तथा सरसफाइ जस्ता आधारभुत सेवामा सबैको समतामूलक पहुँच,कृषिको उत्पादन र उत्पादकत्वमा अभिबृद्दी,बजारको सर्वसुलभ पहुँच,बिकास,रोजगारी तथा स्वरोजगारीका अवसरको सिर्जना,मानव पुजीको निर्माण,आय असमानता तथा गरिबी न्यूनीकरण,दिगो विकास र पर्यावरणीय सन्तुलन तथा वातावरण संरक्षण,आन्तरिक पर्यटन प्रवद्र्धन,परम्परागत सास्कृतिक सम्पदाको संरक्षण र गुणस्तरीय र प्रबिधिमैत्री सार्बजनिक सेवा,संघीयताको प्रभावकारी कार्यान्वयन र सुशासन प्रवद्र्धनलाई प्राथमिकता राख्दै पालिकाले निति तथा कार्यक्रम ल्याएको हो ।
गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले प्रस्तुत गरेको आर्थिक बर्ष ०८२/०८३ को निति तथा कार्यक्रममा शिक्षा तर्फ बिद्यालयमा बढाऔं र बिद्यालयमा नै पढाऔं कार्यक्रम,स्वस्थ मष्तिष्क,स्वस्थ ज्यान,योग संगै शिक्षामा ध्यान,सुस्तालाई चिनौ र चिनाउ अन्तर्गत कक्षा ५ र कक्षा ८ को परिक्षालाई थप व्यवस्थित बनाउदै संचालन गर्ने र कक्षा ५,८ र १० को परिक्षाका आधारमा बार्षिक रुपमा सर्वोत्कृष्ट हुने बिधार्थी,उत्कृष्ट औषत सिकाई उपलब्धि हासिल गर्ने शिक्षकलाई प्रोत्साहन गर्न सम्मानित तथा पुरस्कृत गरिने,एक बिद्यालय,एक योग शिक्षा कार्यक्रम लागू गर्ने निति तथा कार्यक्रम रहेकाे छ।
खेलकुद तर्फ खेलकुद संगै जीवन हिडाउछु ,पालिकालाई देशभर चिनाउछु भन्ने नारा सहित पालिकामा सम्भाव्य खेलाडी प्रोत्साहन,खेलाडी विकास खेलाडी सम्मान कार्यक्रम लागू हुने,युवा रोजगार कार्यक्रम,लैङ्िगक समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितता,छोरी सुनौलो भविष्य कार्यक्रम,उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम,जनतासंग जनप्रतिनिधि कार्यक्रम,एक घर एक धारा,हाम्रो गाउँ,सफा गाउँ,दुधमा आत्मनिर्भर,निर्यातमा प्रवद्र्धन,बिकास तर्फ सुस्ता नमुना ताल,अध्यक्ष नमुना सडक,मदरबाबा व्यवस्थापन,अनुमा घाट ब्यवस्थापन जस्ता कार्यक्रम लागू गर्ने,भ्रष्टाचारमा शून्य सहनशीलता,सेवाको वरिपरि जनता नभइ जनताको वरिपरि सेवा र घर घरमा स्थानीय सरकार लगायतका बिषयलाई प्राथमिकता राखी निति तथा कार्यक्रम लागू गर्ने पालिकाले जनाएको छ ।
त्यसैगरी सुस्तामा बनेको नेपालको सबैभन्दा लामो झुलेङ्गे पुललाई एउटा पर्यटन क्षेत्रको हव बनाई प्रचारप्रसारमा जोड दिदै अगाडि बढाउने,नेपाल पत्रकार महासघंसंग पालिकाले सहकार्य गरि पत्रकारहरुको क्षमता बिकासका कार्यहहरु अगाडी बढाउने निति लिएको छ ।