कृष्ण ढकाल
बर्दघाट–जेष्ठ–४
नवलपरासी सेवा समाज युएईले बर्दघाटको दाउन्नेदेवी माध्यमिक बिद्यालयमा एकाउन्न हजार रुपैयाको अक्षयकोष स्थपना गरेको छ । विद्यालयमा अध्ययनरत अनाथ, असहाय, गरिव तथा जेहेन्दार विद्यार्थीलाई ब्याज रकमबाट छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कोष स्थापना गरीएको नवलपरासी सेवा समाज युएईका आजिवन सदस्य तथा नेपाल प्रतिनिधि कृष्ण बस्यालले बताउनु भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश बस्यालको अध्यक्षतामा भएको एक कार्यक्रमको आयोजना गरी कोष रकम हस्तान्त्रण गरीएको थियो । बिद्यालयका प्रदानाध्यापक नेत्रलाल न्योपाने लगाएत अन्य शिक्षक शिक्षिकाहरु, कर्मचारीहरु, छिमेकी बिद्यालयका प्र ।अ। ,समाजसेवी बुद्धिजीवी लगाएतको उपस्थितीमा कोष रकम हस्तान्त्रण गरीएको थियो ।
हस्तान्त्रण कार्यक्रममा नवलपरासी सेवा समाज युएईका कृष्ण बस्याल,दयाराम डुम्रे, गङ्गा बस्याल, अभिनास न्यौपाने लगाएतको उपस्थिती रहेको थियो। कोष रकम बुझदै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश बस्यालले सहयोगीहरु प्रति आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो भने प्र.अ. न्यौपानेले कोष ले बिद्यार्थीहरुको मनोबल बढाउनमा थप प्रोत्सुाहन हुने धारण राख्नु भएको थियो ।
