sunwal

बर्दघाटको हरियाली नगरमा पाँच दिने निःशुल्क योग विज्ञान शिविर शुरु

1

कृष्ण ढकाल
बर्दघाट,बैशाख–३०

बर्दघाट–४ को हरियाली नगरमा पाँच दिने निःशुल्क योग विज्ञान शिविर आजबाट शुरु भएको छ ।
त्रिनेत्र ज्येष्ठ नागरीक दिवा सेवा केन्द्र जिमिरेभारले आयोजना गरेको उक्त शिविरमा पतञ्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्रले प्रशिक्षण गर्नु भएको छ ।
जेष्ठ ३ गते सम्म सञ्चालन हुने योग शिविरको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले समुद्घाटन गर्नु भएको थियो । पतञ्जली योग समिति नेपालका नवलपरासी जिल्ला अध्यक्ष नरपति पाण्डे,जिल्ला कोषाध्यक्ष केशव चापागाई,आजिवन सदस्य सिता पाण्डे,पतञ्जली योग समिति युवा नेपालका जिल्ला अध्यक्ष कृष्ण नारायण श्रेष्ठ,पतञ्जली योग समिति नेपाल महिला समितिकी अध्यक्ष जिवनकला सुवेदी, निर्वतमान अध्यक्ष दिलकुमारी कुवंर लगाएतको उपस्थिती रहेको निःशुल्क योग विज्ञान शिविरमा परासी,भुमही,भुताहा,बर्दघाट,बाढीपिडित,जिमिरेभार,गंगावस्ती लगाएतका क्षेत्रबाट योग शिवरमा सहभागिता जनाएका थिए ।

त्रिनेत्र ज्येष्ठ नागरीक दिवा सेवा केन्द्र जिमिरेभारका कार्यक्रम संयोजक तथा पतन्जली योग समिति त्रिनेत्र धाम, जिमिरेभारका अध्यक्ष नरेश पंगेनीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित हुनु भएका जिल्ला अध्यक्ष नरपति पाण्डेले जिल्लामा पछिल्लो समय योगको महत्व र आवश्यकता सबैले बुझन थालेपछि ठाँउ–ठाँउमा योग समितिहरु गठन भैरहेको र योग प्रशिक्षकहरु समेत तयार भएको बताउनु भयो ।

पतन्जली योग समिति त्रिनेत्र धामका सचिव प्रकाश श्रेष्ठको सञ्चालनमा भएको योग शिविर शुभारम्भ कार्यक्रममा दैनिक १ हजार ब्यीक्तहरुलाई योग सिकाउने लक्ष्य लिएको आयोजकले नगरका सबै ब्यीक्तहरुको असन्तुलित खान पान र ब्यस्त तथा मस्त जिवन शैलीका कारण सृजना हुने दिर्गरोगलाई योग तथा ब्यायामका माध्यामले कम गर्ने र स्वस्थ्य राख्ने , मानशिक रोग र तनाव कम गर्ने लक्ष्यलिएर योग शिविरको आयोजना गरीएको कार्यक्रम संयोजक पंगेनीले बताउनु भएको छ ।