sunwal

बण्डाखोलामा सञ्चालीत स्वास्थ्य शिविरमा ७ सय ३५ जनाले सेवालिए

484

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२८
सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशनले बर्दघाट–५ ,बन्डाखोलामा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आज भएको उक्त स्वास्थ्य शिविरमा ७ सय ३५ जनाले आफ्नो स्वास्थ्य चेकजाँच गरी निःशुल्क औषधी समेत प्राप्त गरेको सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशनकी अध्यक्ष प्रतिमा सिंह खड्काले जानकारी गराउनु भएको छ ।

नेपाल मेडिकल कलेज काठमाण्र्डाैका जनरल फिजिसियन डा.राम उदगर यादव र हाडजोर्नी तथा रोग विशेषज्ञ अर्थाेपेडेक डा.जमहिरा कुस्वाहा ,पाटन अस्पतालका रेडियो लोजिष्ट डा.पवन कुमार चौधरी , विर अस्पतालका जनरल फिजिसियन डा. राकेश रोशन सिंहको टोलिले स्वास्थ्य शिविरमा सेवा प्रवाह गर्नु भएको थियो ।

सुगर,प्रसेर,हाडजोर्नी देखि अल्ट्रा साउण्ड सम्मको सेवा लिन आउने विरामीहरुले सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशनले अहिले सम्मकै सबैभन्दा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको भन्दै आयोजकलाई धन्यवाद दिईरहेका थिए ।

सबै प्रकारका रोगहरुको लागि शिविर सञ्चालन भएकै स्थानमा ल्याब सेवा सहितको सेवा रहेका कारण सेवा लिन आउनेहरु मध्ये सबै भन्दा बढी अल्ट्रा साउण्ड गर्ने सेवाग्राहीहरुको संख्या रहेको नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीले बताउनु भयो ।

प्रतिमा सिंह खड्काका जेष्ठ सुपुत्र सौर्य बिक्रम खड्काको १८ बर्षकै कलिलो उमेरमा निधन भएसंगै छोराको सम्झानामा आमा प्रतिमा सिंह खड्काले आफ्नो बाल्यकालमा हुर्केको स्थान र आमा स्व. मुवा बुन्ना देवि सिंहको सम्झनामा यसरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको बताउनु भएको छ ।

२०७९ सालमा स्व.छोराकै नामबाट फाउन्डेशन स्थापना गरेर सामाजिक सेवा गर्दै आउनु भएकी खड्काले प्रत्येक बर्ष स्व.छोरा सौर्य बिक्रम खड्काको जन्म दिनको अवसरमा यसरी सामाजिक कार्यमा लगानी गर्ने गरेको बताउनु भएको छ। यसपटक पनि ७/८ सय ब्यीक्तहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरी ७ लाख जती खर्च अनुमान गरेको बताउनु भयो ।

बर्दघाट नगरपालिका वडा नं. ५ बण्डाखोलामा रहेको जितपुर प्राथामिक विद्यालयमा आयोजना गरीएको स्वास्थ्य शिविरको समुद्घाटन बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले गर्नु भएको थियो । शिविरको समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिवर सञ्चालन गरेर पुन्यको काम गरेको बताउनु भएको थियो । अन्य संघ संस्थाहरुले सञ्चालन गरेको भन्दा धेरै गुणस्तरीय र प्रभावकारी ढंगबाट सञ्चालन भएको उक्त शिवरमा नगरका सबै नागरीकहरुले सेवालिने मौका पाएको भन्दै आयोजकलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

समाज सेवी उत्तम ध्वज के.सी.को सञ्चालन रहेको स्वास्थ्य शिविरको समुद्घाटन कार्यक्रममा वडा नं. ५ कि वडाध्यक्ष बिमला गुरुङ,पूर्व वडाध्यक्ष नारायण अधिकारी,समाज सेवी ईन्द्र सापकोटा लगाएतले बोल्दै विशेषज्ञ डाक्टरहरु सहितको स्वास्थ्य शिविरमा निःशुल्क औषधीको समेत ब्यवस्था गर्ने सौर्य बिक्रम खड्का स्मृति फाउण्डेशन तथा अध्यक्ष प्रतिमा सिंह खड्का प्रति धन्यवाद प्रकट गरेका थिए ।