Bardaghat Na pa

पाल्हीनन्दनमा दुई पक्ष बिच भएको झडपमा २१ जना घाईते

458

परासी,फाल्गुन १३
पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज बिहान स्थानिय दुई पक्ष बिच भएको झडपका क्रममा २१ जना घाईते भएका छन् । प्रेम सम्बन्धको विषयलाई लिएर पाल्हीनन्दन ३ बेलासपुरमा भएको विवादको क्रममा झडप हुदा १६ जना प्रहरी सहित ५ जना घाईते भएका छन् । घाईते मध्ये ३५ वर्षिय बिजय धवलको अवस्था गम्भिर छ । उनको भैरहवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिए । आक्रोशित स्थानियले झडप रोक्न पुगेको प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा पनि आगजनी गरेका छन् ।

प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षबीच भएको झडपका क्रममा केटा पक्षको समूहले केटी पक्षका आफन्तको कवार्ड गोदाममा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।

आगजनीबाट केटी पक्षका आफन्तको घरमा समेत क्षति पुगेको छ । केटा र केटी पक्षको घर सोही वडाको छोट्की कुस्मा गाउँमा छ । केटी पक्षका हजुरबुवा नाता पर्ने मोहरम पवरिया(मुसलमान) को घर भने बेलासपुरमा छ । केटा पक्षबाट आएका गाउँलेको समूहले मोहरमको बेलासपुरमा रहेको कवार्ड गोदाममा आगजनी गरेको बताईएको छ ।

धोवी थर भएका केटासँग भएको प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिदा झडप भएको हो । प्रहरीले घटना नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरि अवस्था समान्य बनाईएको प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए । सोमबार साँझ केटाका भाइ काम विशेषले बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितको समूहले कुटपिट गरेपछि विवादले उग्ररुप लिएको स्थानीयले बताएका छन् ।

आज कुटपिटको कारण सोध्दै बिहान केटा पक्षका समूह मोहरमको घरमा पुगेपछि दुई समूहबीच झडप सुरु भएको हो । केटी पक्षले घरको छतमाथिबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट ढुंगा प्रहार गर्न सुरु गरेका थिए ।

दुई समूहबीच झडप भइरहँदा मोहरमका छोरा सोवरातीले केटा पक्षको समूहमाथि अन्धाधुन्दा ढुंगा प्रहार गरे‍पछि गाडी दौडाउँदा दुईजना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपश्चात आक्रोशित बनेको केटा पक्षको समूहले कवार्ड गोदममा आगजनी सुरू गरेका थिए ।