Bardaghat Na pa

शान्ति निकुञ्ज मा.बि.को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

497

कृष्ण ढकाल
बर्दघाट,फाल्गुण–२
बर्दघाट नगरपालिका वडा नं. ५ मा रहेको शान्ति निकुञ्ज, रेवती गौमाता गौतम माध्यमिक विद्यालय,पालडाँडाको ४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक थापाको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न दिवसमा सामाजिक विकास समितिका संयोजक भीमकाजी गुरुङ, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल शिक्षा शाखा प्रमुख लोकराज पन्थी,वडाध्यक्ष बिमला गुरुङ,विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हिरा गिरी लगायतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

सो अवसरमा बोल्ने बक्क्ताहरुले शिक्षालाई प्रविधिसँगै जोडेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । त्यसैगरी उनीहरुले भौतिक पूर्वाधार निर्माणमा भन्दा शिक्षाको गुणस्तर सुधार गर्न तर्फ सबैको ध्यान केन्द्रित हुने पर्ने बताएका छन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद खनालले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले भौतिकका साथसाथै शैक्षिक गुणस्तरमा समेत प्रगति गरेको भन्दै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ेकार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, विभिन्न जातजातिका सांस्कृतिक पहिरनमा नृत्य समेत प्रस्तुत गरेका थिए भने केहि बिद्यार्थीहरुले पढदै कमाउदै भन्ने अभियानलाई सार्थकता दिदै खाना महोत्षव सञ्चालन समेत गरेका थिए ।

४४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसकै अवसरमा पूर्व शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक शिव शर्माले गर्नुभएको थियो।