Bardaghat Na pa

सुस्तामा देउसी भैलो खेल्ने समूह बोकेर हिडेको गाडि दुर्घटना हुँदा १० जना घाईते

415

बर्दघाट,कार्तिक–१७

देउसी भैलो खेल्ने समूह बोकेर हिडेको गाडि पश्चिम् नवलपरासीको सुस्तामा दुर्घटना हुँदा १० जना घाईते भएका छन । सुस्ता गाउँपालिका वडा नम्बर ३ बिगेप स्थित भित्री सडक खण्डमा आज बेलुका झण्डै ५स्३० बजेको समयमा लु ३ च ६०३२ नम्बरको पिकप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
देउसी भैलो टोलि बोकेर हिडेको पिकप गाडिले बाख्रालाई जोगाउने क्रममा अनियंत्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परि १० जना घाईते भएका छ्न ।उनिहरु मध्ये ४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।घाईतेहरुलाई उपचारका लागि सहिद स्मृति अस्पताल चौपत्ता लगिएको छ ।गाडिमा २५ जना सवार रहेको प्रहरीले बताएको छ