Bardaghat Na pa

शुद्ध पानीको लागि सुरक्षा योजनाको भुमिका महत्वपुर्ण

42

प्रकाश न्यौपाने
बर्दघाट,फाल्गुन १४

शुद्ध खानेपानीको लागि खानेपानी सुरक्षा योजनाको भुमिका महत्वपुर्ण हुने बर्दघाटमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशद्धारा आयोजित अभिमुखिकरण कार्यक्रममा स्रोत देखि उपभोक्ताको मुखसम्म शुद्ध पानी पु¥याउन सुरक्षा योजनाको भुमिका महत्वपुर्ण हुने बताइएको हो ।
खानेपानी महासंघका नवलपरासी पश्चिम जिल्ला अध्यक्ष देविदत्त सापकोटाले यस्ता खालका अभिमुखीकरण कार्यक्रम प्रत्येक स्थानिय तहमा लक्षित गरी सञ्चालन गरिनुपर्ने बताउनभयो । पुर्व पश्चिम राजमार्गसाग जोडिएका पालिकाहरुमा उपभोक्ताहरु सचेत भएको पाइए पनि दक्षिणी भेगका नागरिकहरुमा जनचेतनाको अभावका कारणले पनि अहिले पनि खानेपानीको शुद्धतामा चासो नभएको सापकोटाले बताउनुभयो ।
बेलहानी खानेपानी तथा सरसफाई उपभाक्ता संस्थाका अध्यक्ष बृह्रस्पति अधिकारीले संविधानमा नै शुद्ध खानेपानीलाई मौलिक हकमा राखे पनि राज्यले उपभोक्ता समितिलाई जिम्मेवारी दिएर आफु उम्कन खोजेको बताउनुभयो । उहाँले नयाँ खानेपानी आयोजनाहरुसँग प्रयाप्त बजेट नहुँदा उपभोक्ताको माग अनुसार शुद्ध खानेपानी उपलब्ध गराउनु र सुरक्षा योजना पुर्ण रुपमा लागु गर्नु चुनौतिको विषय रहेको उल्लेख गर्नुभयो ।
बर्दघाट नगरपालिकाका ‘वास युनिट’ संयोजक कृष्णहरी पौडेलले नगरपालिकाले खानोपानी सुरक्षा योजनालाई शक्रिय बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
मंगलबारसम्म चल्ने अभिमुखिकरण कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक खिमलाल पाण्डे र ल्याब प्राविधिक सुमन सापकोटा र स्वास्थ्य कार्यालय नवलपरासीका नारायण प्रसाद भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बर्दघाट खानेपानीका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाले खापसुयोले गरेका काम र आगामी योजनाका बारेमा बताउनुभएको थियो ।
बर्दघाट खानेपानीका सचिव शोभाकान्त कोइरालाको सञ्चालन र अध्यक्ष दिपक लम्सालको स्वागत रहेको कार्यक्रममा पञ्चनगर खानेपानी, चिसापानी खानेपानी, बेलहानी खानेपानी, दाउन्नेदेवी खानेपानी र जहदा मनरी खानेपानीका प्रतिनिधिहरु र बर्दघाट खानेपानीका कार्यसमिति, लेखा समिति, सल्लाहकार, सुरक्षा योजनका सदस्य र कर्मचारी गरी करिब ६० जनाको सहभागीता रहेको छ ।