Bardaghat Na pa

नेफ्स्कुनका केन्द्रिय अध्यक्ष ढकाललाई हाम्रो सुपर साकोसद्धारा सम्मान

54

बर्दघाट,१४ पौष
हाम्रो सुपर साकोस बर्दघाट २ चिसापानीले नेफ्स्कुनका नव निर्वाचित अध्यक्ष्ँ तथा आफ्नो संस्थाका सल्लाहकार एंव प्रतिनिधि चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ।

संस्थाका अध्यक्ष खेमराज सुबेदीको अध्यक्षता र नेफ्स्कुनका केन्द्र अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै ढकालले आफू नेतृत्वमा रहदा सहकारीलाई नीति विधि र पद्धति अनुरुप सन्चालन गरिने र हाल सहकारीमा देखियका बेथितिलाई अन्तगरि सबैखाले सहकारीलाई पारदर्शी बनाउन प्रयत्न गरिने बताउनु भयो।

संस्थाका सल्लाहकारद्वय शिव प्रसाद पौडेल,दिलकुमारी कुवँर निर्वतमान अध्यक्ष माया पौडेल,लेखा संयोजक कमल प्रसाद चापागाई लगायतले सम्मान कार्याक्रममा शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष सुबेदिले सस्थाले हालै आफ्ना शेयर सदस्य र तिनका परिवारको स्वास्थ्यलाई मध्य नजरगर्दै देवदह मेडिकल कलेजसङ सम्झौता गरि सबैखाले स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था गरीएको जानकारी गराउनु भएके थियो ।
सम्मान कार्याक्रममा सस्थाका कार्यसमिति ,सल्लाहाकार ,कर्मचारी ,पत्रकार लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सन्चालन सस्थाका सचिव बिष्णु प्रसाद बरालले गर्नु भएको थियो ।