Jilla Ban Notis

बिचौलिया दिवस

0 79

तिम्रो अर्थ ब्यबस्था बिचौलिया हो
नपत्याए श्रमिक किसानलाई सोध
जो बाह्रै महिना पसिनाले माटो भिजाँउछ
र बल्लतल्ल बर्षमा एक पटक भोटो फेर्छ
दिनमा दुई पटक रोटो सेक्छ
तिम्रो शहरको बिचौलिया मस्त सुत्छ
र बाली पाकेपछी उठ्छ
रोप्दैन, गोड्दैन, काट्दैन, पसिना बगाउदैन,
मात्र बारीबाट बजारसम्म पुर्याउछ
र असुल्छ मोटो मुल्य
तिम्रो श्रम ब्यबस्था बिचौलिया हो
नपत्याए पसिना बगाउने श्रमिकलाई सोध
जो रोटी र भोटोको लागि-
डल्ला फुटाउछ, उट चराऔछ, मेशिन चलाऊछ
सय तल्ला अग्ला महलका स्क्याफोल्डमा झुन्डिएर रङ लगाउछ
र स्वदेश फर्कन्छ मृत्‍युको बाकसमा निदाएर
तिम्रो शहरको बिचौलिया,
म्यानपावर कम्पनी खोलेर श्रमिक बेच्छ
काठमाडौं बिमान्स्थलबाट हरेक दिन
सपनाहरु उडाउछ-निलो आकाशमा
अनी भित्र्याउछ हरेक दिन-
बिप्रेसण मिसिएका खण्डित मनहरु
मेसिनले चुडालेका हातखुट्टा
र लासका बाकसहरु
तिम्रो शहरको बिचौलिया
तिनै लासका बाकसको शिढी चढ्छ,
र तय गर्छ मन्त्री वा राजदुतको अग्लो यात्रा
नथे कवि
आँफैलाई खोज्दाखोज्दै हराँउछ
शब्दहरुमा दुख्छ- दुखिरहन्छ ।

  • लेखक मानबहादुर खड्का           [  मानबहादुर खड्का नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ । ]

Leave A Reply

Your email address will not be published.