Bardaghat Na pa

राष्ट्रिय युवा संघ नेपाल बर्दघाट नगर कमिटिको नगर भेला सम्पन्न्

128

बर्दघाट,चैत्र–२
राष्ट्रिय युवा संघ नेपाल बर्दघाट नगर कमिटिको नगर भेला आज सम्पन्न् भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज प्रितम पौडेलको प्रमुख आतिथ्यतामा भएको नगर भेलाले राजेश तिवारीको अध्यक्षतामा ५१ सदस्य राष्ट्रिय युवा संघ नेपाल बर्दघाट नगर कमिटि गठन गरेको छ ।

भेलामा नेकपा एमालेका बर्दघाट नगर कमिटि अध्यक्ष रबिन्द्र बिक्रम हमाल,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटिका सदस्य तथा जिल्ला सह–ईन्चार्ज विश्वबन्धु पोखरेल,केन्द्रिय सदस्य युवराज डुम्रे,पार्टीका जिल्ला सदस्य तथा युवा ईन्चार्ज प्रदिप सुवेदी, जिल्ला संयोजक राम बहादुर भण्डारी,आशा भेजाड लगाएतले आद्दआफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमको संचालन गंगा प्रसाद पाठकले गर्नु भएको थियो ।