Jilla Ban Notis

नागरिकता र केरा समस्या समाधान गर्ने पहिलो कदम रहन्छ ःस्वतन्त्र उम्मेदवार अजय शाही

0 57

बर्दघाट,कार्तिक–२२
लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले आगामी निर्वाचनमा सोंच र भोट बदल्नुपर्ने बताउनुभएको छ । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार दिनुभएका शाहीले पत्रकारहरु संग कुराकानी गर्दै देशलाई समृद्दि र उत्पादनशीलतामा लाने हो भने सोंच र भोट बदल्नुपर्ने जिकिर गनुभएको हो ।

‘ठूला रेलका कुराभन्दा पनि तेल निकालौं, यदि समृद्धि चाहिएको छ भने उत्पादनशीलता तिर जाऔं । यसपाली निर्वाचनमा सोच र भोट बदलौं’, उनले भने । राजनीतिलाई समृद्धिसँग जोड्नुपर्ने बताउदै उम्मेद्वार शाहीले राजनीतिक दलहरूले आफूले लिएका अजेन्डा समेट्न नसक्ने हुँदा आफूले स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो ।

कानुनी प्रक्रिया झन्झट हुँदा स्थानीय स्रोत र साधन खेर गइरहेको बताउदै स्थानीय स्रोत र साधनलाई स्थानीय स्तरमै प्रयोग गर्दै नवलपरासी क्षेत्र नम्बर १ जनतालाई विकासको अनुभुती गराउने आफ्नो सोच रहेको बताउनुभयो । जनताका सानातिना समस्या पनि सरकारी पक्षले बेवास्ता गर्दै आएको बताउनुभयो । शाहीले आफुले जित हासिल गरे आफ्नो पहिलो कदम यस क्षेत्रको जनताले भोग्दै आएका नागरिकता र केरा समस्या समाधान गर्ने तर्फ अघि बढ्ने बताउनुभएको छ । साथै उहाँले यस क्षेत्रमा शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुच न्युन रहेको हुदा आफुले जितेर यस क्षेत्रका सबै नागरिकलाई हरेक किसिमको सेवा सुविधाको ब्यवस्था गर्दै आफ्नो उम्ेद्वारीको कर्ज चुकाउने समेत बताउनुभयो ।

अहिले सम्म जितेर कुनै पनि पार्टीले जनताको समस्या समधान गर्न तर्फ अघि नबढेको र जनताको गुनासो समेत सुन्न नखोजेको हुदा यसपालिकाको चुनावमा ती अवसरबादी उम्मेद्वारहरुलाई करारा जवाब दिने बेला आएको स्मरण गराउनुभएको छ । ‘जन्म सहजताको अधिकार कुरा गरौं, डोकोमा जन्मिने, बाटोमा जन्मिने व्यवस्थाको अन्त्य गरौं र स्वतन्त्र युवाले बोल्दा केही पनि ह्विप लाग्दैन, राष्ट्रिय होस् या स्थानीय मुद्दा कसैसँग झुक्नुपर्ने वा डराउनुपर्ने या हुँदैन । त्यही भएर मलाई होइन मेरो अजेन्डालाई भोट गर्न सम्पुर्ण मतदाताहरुमा आग्रह समेत गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.