sarawal

जनताको साझा नेताको रूपमा मेरो उमेदवारी हो ः पुण्य प्रसाद पौडेल

162

२०६२/०६३ को दोस्रो जनआन्दोलनपछि मुलुकमा दुईपटक संविधानसभा निर्वाचन, दुईपटक स्थानीय तह निर्वाचन र एक पटक संघ र प्रदेश सभा निर्वाचन सम्पन्न भईसक्यो ।
लुम्बिनी प्रदेशका लागि नवलपरासी निर्वाचन क्षेत्र नं. १ ( क) वाट पहिलो पटक जनतावाट अनुमोदित हुदै नेकपा एमालेका तर्फवाट दिपेन्द्र कुमार अधिकारीले लुम्बिनी प्रदेश सभामा सहभागिता जनाउने अवसर प्राप्त गर्नु भयो ।
अब आगामि मंसिर ४ गते जनताले फेरी छैटौँ पटक अर्थात संघ र प्रदेश सभा निर्वाचनका लागि दोस्रो पटक मतदान गर्दैछन् । लुम्बिनी प्रदेशका लागि नवलपरासी निर्वाचन क्षेत्र नं. १ ( क) वाट यस बर्ष १६ जनाले उमेदवारी दिएका छन जस्मध्ये नेकपा एमालेले यसपटक पुण्य प्रसाद पौडेललाई अघि सारेको छ । सामाजिक तथा राजनितिक क्षेत्रमा जल्दा बल्दा ब्यक्तित्वका रुपमा आफुलाई स्थापित गर्न सफल भएका पुण्य प्रसाद पौडेल यतिवेला आफ्नो पार्टीको चुनावी एजेण्डा सहित आफ्ना नयां योजनाहरु लिएर आफ्ना मतदाताहरुको घरदैलोमा पुगी रहनु भएको छ । यसैक्रममा हामीले उहाँसंग केहि जिज्ञासाहरु राखेका थियौं । प्रस्तुत् छ प्रदेश सभा सदस्य पदका उमेदवार पौडेलसंग राखीएका जिज्ञासा र त्यसको जस्ताको जस्तै प्रतिउत्तर ः सम्पादक

जनताले तपाईको पुरा परिचय खोजेभने तपाई कसरी आफुलाई परिचय दिनुहुन्छ ?

स्याङ्गजा जिल्लाको आँधीखोला गाउापालिका वडा नं.–४ वाङ्गसीङ्ग देउरालीमा (साविक वाङ्गसीङ्ग देउराली गाउँपञ्चायत वडा नं. ३ ,ठूलाखेतसरादी ) मा जन्मेर पाल्पा जिल्लाको दुम्बिकीवास वेणीमणीपुरमा बसाई गर्दै २०३६ साल देखि बर्दघाट–४ बर्दघाटमा बस्दै आएको ब्यीक्त म पुण्य प्रसाद पौडेल हुँ । तर मेरो सामाजिक तथा राजनितिक परिचय भने फरक छ । २०३६ सालमा अखिलको सदस्यता लिएर बर्दघाटको दाउन्ने देवी माबिवाट अफ्नो राजनिति यात्रा शुरु गरेर अहिले नेकपा एमालेका तर्फवाट लुम्बिनी प्रदेश सभामा सदस्य पदका लागि निर्वाचनमा होमिएको ब्यक्ति भनेर मैले मेरो परिचय दिन चाहन्छु ।

तपाईको उमेदवारी किन ?

०७४ को प्रदेशको निर्वाचनमा प्रदेशको विकास र आर्थिक समृद्धिका मुद्दा मुख्य थिए  ति मुद्दाहरु पूर्ण रुपमा स्थापित हुन सकेका छैनन् त्यसका लागि प्रदेशमा नेकपा एमालेको सरकार आवश्यक छ । जहां हाम्रो पाटीको लक्ष्य र जनताको चाहना पुरा गर्न नवलपरासी निर्वाचन क्षेत्र नं. १ (क) वाट मलाई पार्टीले अघि सारेको छ पार्टीको लक्ष्य र जनताको चाहना पुरा गर्नका लागि मेरो उमेदवारी हो ।

तपाईलाई चुनावमा विजयी बनाएर जनताले के पाउछन त ?

हेर्नुस अहिलेको प्रदेश सरकारले गरेका काम र त्यसको प्रभावकारीता पुरै बेथिति र भ्रष्टाचारमय भएको छ । जनताले राम्रो र नराम्रो सबै बुझिसके अब कस्तो नेता छान्ने भन्ने उनीहरुलाई ज्ञान छ । जनताले अब बेथिति र भ्रष्टाचारलाई कम गर्ने , बिदेशिएका युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने नेता खोजेका छन। हामीले घरदैलोका क्रममा जनताको कुरा सुनेका छौं त्यसैले जनताका समस्या र सवालमा मेरो बिषेश पहल रहने भएकाले जनभावनाको कदर गर्ने नेताका रुपमा जनताले मलाई यस पटक मतदान गरेर भारी मतले विजयी बनाएर लुम्बिनी प्रदेश सभामा सदस्यका रुपमा पठाउने छन र उनीहरुको भावना अनुरुप मैले काम गर्नेछु ।

यसक्षेत्रको स्वास्थ्य,शिक्षा र यातायातका क्षेत्रमा तपाईको योजना के छ ?

नवलपरासी निर्वाचन क्षेत्र नं. १ (क) मा अहिले एउटा सरकारी र एउटा सामुदायिक अस्पताल छ जुन पूर्ण ब्यवस्थीत हुन सकेको छैन जस्का कारण यसक्षेत्रका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् अब ती दुबै अस्पतालहरुमा गुणस्तरीय स्वास्थ्य सेवाको ब्यवस्था गर्ने देखि दक्षिणी क्षेत्रको सरावल क्षेत्रमा थप एक अस्पतालको ब्यवस्था गर्ने मेरो योजना रहेको छ ।
शिक्षाको क्षेत्रमा पनि बर्दघाटमा रहेका दुई क्यम्पसहरुलाई ब्यवस्थीत गर्दै सरावल क्षेत्रमा एउटा गुणस्तरीय क्याम्पस संचालन गर्ने योजना लिएको छु र यसक्षेत्रलाई शैक्षिक हबको रुपम बिकास गर्न लागि पर्ने छु । नवलपरासी निर्वाचन क्षेत्र नं. १ (क) भित्रका सबै वस्तीहरुलाई छुने गरी रिङ्ग रोड संचालन गर्नु पर्ने अवधारणालाई मैले आफ्नो योजनामा राखेको छु ।
त्यसैगरी बरघाट–भुताह देखी आम्बास ,संसारकोट ,पटुके हुँदै दुम्किबास गण्डकी प्रदेस जोड्ने सडक स्तर वृद्धि गर्न पहल गर्ने छु । बर्दघाट उत्तर तर्फबाट दक्षिणमा बग्ने खोलाहरुलाई नियन्त्रण गर्ने देखि सरावल क्षेत्रमा रहेको डुवानको ब्यवस्थापनको लागि पहल गर्ने छु ।

किसान र युवाका पक्षमा कस्ता योजना अघि सार्नु भएको छ ?

अहिले सीमान्त वर्ग र समूहको उत्थानका लागि सबैभन्दा पहिले किसान र युवाका पक्षमा रहेर आधुनिक प्रविधिको उच्चतम प्रयोगगर्दै ब्यवासयिक कृषि पेशा र उद्यमशिलता संग जोडेर लघु तथा घरेलु उद्योगहरु स्थापना गर्ने निति निमार्ण तर्फ मेरो पहिलो प्रयास हुने छ । रोजगारी सृजना गर्नु पूर्व उत्पादन गरीएको वस्तुको बजारी करण र उत्पादन लागत कम गर्ने तर्फ विषेश ध्यान दिएर कृषि उपचहरुको सहज पहुंच बनाउने तर्फ मेरो अर्को प्रयास जारी रहने छ । कृषि पकेट क्षेत्रका लागि विषेश योजना ल्याएर त्यसको संरक्षण सम्वद्र्धन र उत्पादन वृद्धि गर्ने तर्फ सदैब मेरो निगरानी रहने छ ।
एग्रोटूरीजमको अवधारणलाई नवलपरासीमा भित्राएर युवा रोजगारीसंगै जिल्लालाई नै आर्थिक समृद्धि तर्फ लैजाने मेरो विषेश नयां योजना रहेको छ । कञ्चनकुटी,बुध्दमंगल् ताल, संसार कोट जस्ता ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई पर्यटनसंग जोडेर स्थानियवासीहरुको आयस्रोत वृद्धि गर्ने देखि यो क्षेत्रलाई नमुना क्षेत्रका रुपमा परिचित गर्ने मेरो योजना रहेको छ । म आफू बिजय भै सके पछि पार्टी कोमत्रै प्रतिनिधि नभएर जनता को साझा नेताको रूपमा रहने प्रतिबद्धता समेत गर्दछु । एक घर एक महिला रोजगारको कार्यक्रमलाई मैले नयां आयमका रुपमा ल्याउने योजना समेत बनाएको छु ।

प्रदेशमा उमेदवारी दिएर चुनावी मैदानमा रहेका अन्य उमेदवारहरु भन्दा तपाईमा फरक के छ ? मतदाताले तपाई भोटदिनु पर्ने कारण ?

शिक्षा, स्वास्थ्य, आवासजस्ता अति आवश्यकीय जनताको मौलिक अधिकारको क्षेत्रमा आशा गर्न सकिने गरी योजना अघि बढाउन मेरो प्रयास जारी रहने छ । जनताको दैनिकीमा प्रत्यक्ष प्रभावपार्ने अत्यावश्यक पेट्रोलियम पदार्थदेखि खाने तेलसम्ममा भईरहेको महँगीलाई कम गर्न पहलकदमी गर्ने सवालमा म र मेरो पार्टी लागि पर्ने छ त्यसैले मतदाताहरुले म र मेरोपार्टीलाई विश्वास गरेर सूर्य चिन्हमा मतदान गर्नु पर्ने आवश्यक्क्ता छ ।

देशको सीमा मिचिएको र भूराजनीतिको सिकार भइरहेको नेपालको सार्वभौमिकता बचाई राख्न र महिला, दलित, जनजाति, मधेसी र अल्पसंख्यकको हक अधिकार स्थापित गर्नका लागि पनि म र मेरो पार्टीलाई विश्वास गरी जनताले सूर्य चिन्हमा मतदान गर्नुहुने छ ।

तपाईले चुनाव जित्नु हुन्छ त ?

चुनाव त मैले भन्दा पनि जनताले जिताई सकेको आभास दिएका छन् । मैले जनताको घरदैलोमा जांदा उनीहरु यति खुशिछन कि । उनीहरु भन्छन हामीले चिनेको र जानेको सामाजिक र राजनितिक ब्यक्ति तपाईलाई कुनै पनि पार्टीमा आस्था राख्नेहरुले सहर्ष स्विकार्ने भएकाले चुनाव जित्ने पक्का भनिरहेका छन । मलाई पनि के विश्वास छ भने अहिले लुम्बिनी प्रदेश सभाका लागि उमेदवार दिएका १५ जना प्रत्यासीहरु मध्ये एक जना पनि मेरो प्रतिष्प्रद्यीका रुपमा रहनसक्ने खालको नरहेका कारण आगामि मंसिर ४ को निर्वाचनमा मेरो विजयी सुनिश्चित रहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/