palhinnada

हृदेश र विनोदको निर्णायक मत बौडेलको हातमा ः कृष्ण ढकाल

669

अरवपति विनोद चौधरी र पूर्व मन्त्री हृदेश त्रिपाठीले उमेदवारी दिएको नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा विजय हुन निर्णायक मत अहिलेको अवस्थामा
सिता बौडेलको हातमा रहेको गणीतिय तथ्याङ्कले देखाएको छ ।

नेकपा एमालेवाट उमेदवारी दिनु भएकी संविद्यान सभा सदस्य सिन्धु जलेसा (बुढाथोकी)ले पार्टीको केन्द्रिय निर्देशन अनुसार जनता प्रगतिसिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीलाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिएसंगै नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको तुला काँटा बराबरीमा आएको गणीतिय तथ्यांकले देखाएको हो।

सत्ता गठवन्धनको भागबण्डामा संघ तर्फ नेपाली काँन्ग्रेसलाई परेको उक्त कोटावाट अरवपति विनोद चौधरीलाई अगाडी सारेर प्रदेशको कोटामा क मा नेपाली कांन्ग्रेसका विश्व प्रेम पाठक र ख मा नेकपा माओवादी केन्द्रका रामानन्द यादवलाई अघि सारीएको थियो । तर उमेदवारी दिने समयमा अन्तीममा नेपाली कान्ग्रेसले गठबन्धनको सहमति तोड्दै प्रदेश ख बाट पूर्व सांसद देवकरण प्रसाद कलवारलाई समेत उमेदवारी दिन लगाए पछि सत्ता गठबन्धनका सबैदलहरुले सहमति तोडीएको भन्दै आ–आफ्ना उमेदवारहरु खडागरेर मनोनयन दर्ता गर्ने र यता नेकपा एमालेसंग चुनावी तालमेल गरेका हृदेश त्रिपाठीले सूर्य चिन्हवाट चुनाव नलड्ने भएसंगै नेकपा एमालेवाट संविद्यान सभा सदस्य सिन्धु जलेसा (बुढाथोकी)ले उमेदवारी दर्ता गराएसंगै निर्वाचन परिणामको तराजु तलमाथी (पल्लाभारी ) नेकपा एमालेको पोल्टामा भएको थियो ।

अन्तीममा आएर नेकपा एमालेवाट उमेदवारी दिनु भएकी संविद्यान सभा सदस्य सिन्धु जलेसा (बुढाथोकी)ले जनता प्रगतिसिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीलाई समर्थन गर्दै आफ्नो उमेदवारी फिर्ता लिने र नेकपा माओवादी केन्द्रवाट संविद्यान सभा सदस्य सिता बौडेल र प्रदेश क मा चन्द्र ढकालले स्वतन्त्रको उमेदवारी फिर्ता नलिने र नेपाली कान्ग्रेसवाट प्रदेश ख मा उमेदवारी दिएका पूर्व सांसद देवकरण प्रसाद कलवार,नेकपा समाजवादीवाट प्रदेश क मा टंक खनालले दिएको उमेदवारी फिर्ता नलिएपछि गठबन्धनको चुनावी तालमेल भंग भएसंगै नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको तुला काँटा बराबरीमा आएको गणीतिय तथ्यांकले देखाएको छ।

नेपाली काँन्ग्रेसको चुनौती ः–

अहिलेकै अवस्थालाई हेरेर मुल्याङ्न गर्नेहो भने नेपाली कांन्ग्रेस भित्रको आन्तरीक त्रिपक्षीय किचलो ( देवेन्द्रराज समुह,विक्रम समुह र चिन्तन समुह ) को आन्तरीक ब्यवस्थापनको समस्या नेपाली काँन्ग्रेसका लागि एउटा चुनौतीका रुपमा रहेको छ भने अर्काे समस्या केन्द्रिय रुपमा भएको गठवन्धनलाई जिल्लातह सम्म कार्यन्वय गर्न नसक्नु नेपाली काँन्ग्रेसका लागि चुनौतीको बिषय बनेको छ । त्यतिमात्र हैन नेपाली काँन्गे्रसले स्थानिय ब्यीक्तलाई उमेदवार बनाउन नसक्नु पनि अर्काे चुनौतिको विषयहो भने अघिसारिएका उमेदवार अरवपति विनोद चौधरी स्थानिय मतदाताहरुसंग घुलमेल नभएको र स्थानिय समस्याको पहिचान गर्न अरुकै भर पर्नु पर्ने बाध्यता हुनु त्यो नेपाली काँन्ग्रेसका लागि थप अर्काे चुनौतीको विषय बन्न पुगेको छ ।
त्यसैगरी नेपाली काँन्ग्रसवाट अरवपति विनोद चौधरीले चुनाव जितेमा हृदेश त्रिपाठी र देवेन्द्रराज कंडेलले जस्तो सदा–सर्वदा विनोद चौधरीले पनि पैसाकै भरमा नयां पुस्तालाई राजनितिमा आउन नदिने हुन्छ भन्नेहरुलाई चित्तबुझदो राजनितिक एवं ब्यवहारीक पक्षबाट प्रष्ठपार्नु पर्ने अर्काे चुनौती नेपाली काँन्ग्रेस सामुआएको छ ।

जनता प्रगतिसिल पार्टीको चुनौती ः–

जनता प्रगतिसिल पार्टीलाई नवलपरासीमा चुनाव जित्न फलामका चिउरा चपाउनु सरह भैरेका वेला अन्तीममा आएर नेकपा एमालेले सघाउने भएपछि फलामका चिउरा अब धानमा परीणत भएको छ । यसअघिको निर्वाचनमा सूर्य चिन्हवाट विजयी हुनुभएका पूर्व मन्त्री हृदेश त्रिपाठी आफु स्वयम जनता प्रगतिसिल पार्टीको अध्यक्ष भएका कारण सूर्य चिन्हवाट निर्वाचनमा होमिन
नैतिक शंकट परेका वेला एमालेले जनता प्रगतिसिल पार्टीकै चुनाव चिन्ह किसानले बोकेको कोदालो मै सघाउने भएपछि फलामको चिउरा धानमा त परिणत भयएको छ तर धानवाट चिउरा बनाउने काममा भने अझै चुनौती नै रहेको छ ।

जनता प्रगतिसिल पार्टीको चुनाव चिन्हका वारेमा आम मतदाताहरुलाई थाहा नहुनु मुख्य चुनौतीको विषय रहेको छ भने अर्काे नेपाली काँन्ग्रेसले अघिबढाएका उमेदवार विनोद चौधरीले हिडनमा चुनावी खर्चगर्न नहिच्किचाउनु जनता प्रगतिसिल पार्टीको लागि सबैभन्दा चुनौतीको बिषय रहेको छ । त्यतीमात्र हैन नयाँपुस्ता रोजगारीले छट्पटाई रहेका वेला अरवपतिको आगमनले सदावहार नेता भन्दा नयां नेतालाई चुन्न सक्ने संभावना पनि जनता प्रगतिसिल पार्टीको चुनौतीको विषय बनेको छ । अर्काे चुनौती भनेको जनता प्रगतिसिल पार्टीले केन्द्रिय पार्टी नेतृत्वसंग मात्र चुनावी तालमेल गर्ने जिल्ला र स्थानिय तहका नेता कार्यकर्ताहरुसंग मित्रवत सम्वन्ध राख्न नसक्नाले बढाएको दुरी नजिक पार्नु पर्ने चुनौतीको एउटा पाटो बनेको छ ।

विजय हुन निर्णायक मत बौडेलको हातमा कसरी ?

नेपाली काँन्ग्रेसले नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा गठबन्धको समझदारी तोडेर पूर्व सांसद देवकरण प्रसाद कलवारलाई प्रदेश ख वाट उमेदवारी दिन लगाएको भन्दै संविद्यान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी नेता सिता बौडेलले आफु संघमा र प्रदेश क मा चन्द्र ढकाललाई स्वतन्त्रवाट उमेदवारी हलाए पछि गठवन्धनको अर्काे पार्टी नेकपा समाजवादीले पनि प्रदेश क मा टंक खनाललाई उमेदवारी दिन लगाएको थियो ।

यसरी चुनावी तालमेल गरेको सबै दलहरुले आ–आफ्ना उमेदवारहरु खडागरी उमेदवारी दर्ता गराए पनि पछि नेकपा एमालेले वाहेक अन्य दलवाट परेको दलिय तथा दलिय स्वतन्त्रहरुको उमेदवारी फिर्ता नभएपछि चुनावी तराजुमा जनता प्रगतिसिल पार्टी र नेकपा एमालेको चुनावी ढक एका तर्फ पर्न गायो भने अर्काे तर्फ नेपाली काँन्ग्रेसको चुनावी ढक पर्न गएको छ ।

अहिलेको अवस्थामा चुनावी तराजुमा रहेका दुवै तर्फका चुनावी ढकहरु जिउदो माछा खुल्ला तराजुमा राखेर हाटबजारमा बेच्नराखे जस्तो भैरहेका वेला रानितिका चतुर खेलाडी मानिने त्रिपाठी र आर्थिक क्षेत्रका चतुर खेलाडी मानिने चौधरी दुबै जनालाई नेकपा माओवादीवाट स्वतन्त्र उमेदवार बनेकी सिता बोडेलको आवश्यता परेको छ । त्यसैले विजय हुनेले निर्णायक मत बौडेलको हातबाट आफ्नो पल्लामा पार्नु पर्ने राजनितिक गणीतिय तथ्यांकले देखाएको छ।

स्वतन्त्र उमेदवार मन्त्री विजय शाही र नेकपा समाजवादीको प्रभाव के ?

अरवपति विनोद चौधरी र पूर्व मन्त्री हृदेश त्रिपाठी विचको र स्साकस्सीको चुनावी मैदानमा निर्णायक मत नेकपा माओवादीकी स्वतन्त्र उमेदवार सिता बौडेल भएको राजनितिक गणीतीय तथ्याकले देखाईरहदा स्वतन्त्र उमेदवार लुम्बिनी प्रदेशका उद्योग मन्त्री अजय शाही अन्तत् विनोद चौधरीको गणीतिय अंकमा समाहित हुने र नेकपा समाजवादीले हृदेश त्रिपाठीलाई सहयोग गर्ने पक्का–पक्की जस्तो देखिन आउछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार महेन्द्र सेन ठकुरीको प्रभाव ?

नेपाली काँन्ग्रेसमा विक्रम समुह र देबेन्द्र समुहमा असन्तुष्टी भएका चिन्तन सुहका केहि नेताहरु निकटका मतदाताहरु र नेकपा एमाले भएरपनि सूर्यमा भोट हाल्न नपाएकाहरु सहित केहि मतदाताहरुको भोट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार महेन्द्र सेन ठकुरीलाई उपहार स्वरुप प्राप्त हुने देखिएको छ । यद्यपि उनीहरुले महेन्द्र सेनलाई सहयोग गर्न नभै आफुले चाहेको उमेदवार नपाएपछि मतको सदुपयोग गर्न नयां युवापुस्ता भन्दै महेन्द्र सेनलाई भोट दिने वातावरण बढ्दै गएको छ ।

त्यस्तै लामो समय सम्म दलका विभिन्न भातृसंगठनमा रहेर जिम्मेवारी समालेका युवा नेताहरुले पनि दल र नितका नेता कार्यकर्ताहरुको ब्यक्ति वादी हावी भएको भन्दै स्वतन्त्र पार्टीलाई सपोट गर्ने भन्दै खुलेर लाग्न थालेका कारण पनि अरवपति विनोद चौधरी र पूर्व मन्त्री हृदेश त्रिपाठी विच थोरै भोटमा प्रतिष्प्रद्या हुने प्रक्का भएको छ ।

बौडेल र चौधरी विचको बजारी हल्ला ?

राजनितिक बजारमा अहिले बौडेलको बिजुलीकार ब्यवसायसंग चौधरीको बिजुलीकार ब्यवसायलाई जोडेर चौधरीले बौडेललाई आफ्नो गणीतिय पक्षमा पार्न सक्ने संभावना एउटा रहेको छ भने अर्काे तर्फ बौडेल र नेकपा माओवादी केन्द्रका लागि अग्नी परिक्षा जस्तो आफ्नै पार्टीको मत सर्वेक्षण गर्ने र सिता बौडेलले आफ्नो राजनितिक लोकप्रियता थाहा पाउने सुनौलो अवसर पनि पाएको बजारी राजनितिक वृत्तमा चर्चा हुने गरेको छ ।

अन्तमा ः नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्यमा विजयीहुने को ?

नेपालको राष्ट्रिय राजनितिकमा प्रत्यक्ष प्रभाव पार्ने दुई प्रभावशाली नेता त्रिपाठी र चौधरी परराष्ट्रीय सम्यन्त्रसंग राज्य संचालनका क्रममा समेत जोडीने भएकाले यी दुवै नेताहरुको चुनावी प्रतिष्प्रद्र्यालाई राज्य संचालन र छिमेकी देशसंगको सम्वन्ध र निर्वाचन पछि बन्ने नेपालको नयां गठवन्धनकारी सरकारसंग पनि जोडेर हेरीने भएकाले यो निर्वाचन निक्कै अर्थपूर्ण रहेको छ ।

अहिले सम्मको राष्ट्रिय राजनितिक गणीतिय तथ्याङ्क र नवलपरासीको बक्ररेखाका रुपमा गएको राजनितिक गति अनुसार नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व राज्य मन्त्री देवेन्द्रराज कंडेल संगपनि प्रत्यक्ष जोडिन पुगेको छ ।

नेपाली काँन्ग्रेस भित्रको आन्तरीक किचलोको प्रभावको प्रत्यक्ष प्रभाव केन्द्र देखि नवलपुर सम्म आईरहदा त्यसको एउटा झिल्कोले नवलपरासीमा डढेंलो लाग्दैगर्दा पूर्व राज्य मन्त्री देवेन्द्रराज कंडेलको राजनितिक दम्कलले ब्यवस्थापन गर्ने कोसीस गरेको नवलपरासी जिल्लाको राजनितिक वृत्रमा चर्चा हुने गरेको छ । तर उमेदवारी दर्ताकै समयमा देखिएको चौधरी र संविद्यान सभा सदस्य विक्रम खनाल विचको वस्तुअवस्था र चौधरीको उमेदवारी पछि देवेन्द्रराज कंडेलको राजनितिक यात्राको प्रभावकारीता,चौधरीवाट आर्थिकलाभको आश गरेकाहरुको शास नै जानथालेको वस्तु अवस्था सबैलाई तुलना गरेर हेर्दा अब अरबपति चौधरीलाई निर्वाचनको परिणाम हात पार्न निक्कै मिहनत गर्नु पर्ने देखिएको छ ।

त्यति मात्र हैन नवलपरासीको राजनितिक वृत्तमा गणीतिय तथ्याक अनुसार पनि दुई ठूला प्रभावशाली नेता भएको स्थानमा अर्काे प्रभावशाली नेता थपिदा उस्ले पनि राजनितिक जरा गाडेमा विजयी पश्चात पनि केन्द्रिय मन्त्रि बन्ने बेला एउटै जिल्लाबाट दुई मन्त्री बन्न गाह्रोहुने निश्चित भएकाले यो निर्वाचन त्रिपक्षिय संम्वन्धसंग पनि जोडिनगएको सहज अनुमान गर्न सकिन्छ ।

उता २०४८ साल देखि अहिले सम्म भएका ६ वटा निर्वाचनमा ५ पटक ( २०४८, २०५१ र २०५६ ,२०६४,२०७० सालको निर्वाचन )सम्म यसै निर्वाचन क्षेत्रवाट निर्वाचीत भएर पटक–पटक मन्त्री बनेका हृदेश त्रिपाठीलाई पनि निर्वाचनको परिणाम आफ्नो हातमा पार्न त्यत्ति सहज भने देखिदैन । नेकपा एमालेको साथ भएपनि स्थानिय नेता कार्यकर्ताहरुसंग भन्दा बढी तालमेल केन्द्रिय नेतृत्वसंग गरेर आफ्नो दवाव र प्रभावमा पार्नेगरी अघि बढेका नेता त्रिपाठीकासामु विगतका ५ वटा निर्वाचनको अनुभवलाई एउटै अरवपतिको उपस्थितीले सोच्न वाध्य बनाएको छ ।

अहिले त्रिपाठीको राजनितिक अनुभव र सरकार संचालनका अनुभवको चुनावी ढगसंग अरवपति चौधरीको आर्थिक ढग निर्वाचनरुपी तराजुमा राखेर तौलीहरदा तराजुको विचको काँटा कता ढल्किन्छ भन्ने कुरा भने कार्तिक मसान्त पछि मात्र आकलन गर्न सकिन्छ नत्र मंसीर ४ को चुनावी परीणाम नै कुर्नु पर्नेहुन्छ ।

✍️ dhakalkrishna36@gmail.com

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/