palhinnada

राहत भागबण्डामा जनप्रतिनिधिबीच कुरा नमिलेपछि कुटाकुट

31

हरि शर्मा
परासी,असार–३१
परासी : विपन्नहरुले पाउने राहतमा पनि नवलपरासीका जनप्रतिनिधिले दलीय आधारमा भागवण्डा गर्ने गरेको खुलेको छ। राहत रकम वितरण कार्यमा भएको भागवण्डामा कुरा नमिलेपछि उत्पन्न विवादमा सरावल गाउँपालिका- ५ मा कुटाकुटसमेत भएको छ। जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका छन्।

सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि रकम पठाएको छ। गाउँपालिका- ५ मा पठाइएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा बिहीबार राति भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन्। रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नम्बर २ को) कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए। कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट वञ्चित हुने देखिएको छ।

कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अति विपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम पठाएको छ। यो रकम सरकारले जिल्लाका सबै पालिकाहरुमा जेठको अन्तिम सातामा पठाएको हो। सरावल गाउँपालिकामा कुल ७ सय जनाका लागि कुल ७० लाख रुपैयाँ आएको अध्यक्ष चौधरीले बताए। सोही रकम वितरणमा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुबीच विवाद भएको हो। ७ वटा रहेको पालिकामा करिब १४ सयले विपन्न भन्दै फाराम भरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए।

यसअघि निर्वाचित भएका एमालेका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला सम्पन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षले आरोप लगाएपछि कांग्रेस एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो।

वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण चौधरीले फाराम नभरेकाहरुको पनि नामावली समावेश गरी रकमका लागि पालिकामा सिफारिस पठाएको आरोप लगाइएको छ। उक्त वडाबाट मात्र अति विपन्नबाट ४ सय १८ जनाले फाराम भरेका थिए। सुरुमा सबैको नामावली वडाध्यक्षले पालिकामा पठाएका थिए। तर पालिकाले १ सय ६ जनाको नाम पठाउने भनेपछि वडाध्यक्षले सोही अनुरुप नाम पठाएका थिए। ती सबैको नाम उपर दाबी विरोध गर्न पालिकाले सूचना जारी गरेको थियो। सोही सूचनाअनुसार वडाध्यक्ष चौधरीले वडाबाट पठाएको नामावलीलाई गाउँपालिकाले थपघट गर्दै नामावली निकालेको भन्दै ३२ जनाको सूची हटाउन निवेदन दिएपछि विवाद सुरु भएको हो।

विवादपछि १२ जना गाउँपालिका उपाध्यक्ष वासमति हरिजनले आफ्ना मान्छे राख्ने र बाँकी २० जना वडाध्यक्षलाई आफ्ना मान्छे राख्न दिने सहमति भएको थियो। सहमतिमा वडाध्यक्षलाई दाबी विरोध फिर्ता लिनुपर्ने बताए पनि उनले फिर्ता नलिएपछि विवादले उग्र रुप लिएको हो। उपाध्यक्ष हरिजन एमालेकी हुन भने वडाध्यक्ष चौधरी कांग्रेसका हुन्।

विवादले उग्ररुप लिँदै कुटपिटको घटना भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको पहलमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कांग्रेस एमालेका पार्टी प्रतिनिधिलाई छलफलका लागि बोलाएका थिए।

छलफल कार्यक्रममा वडा नं. ४ का अध्यक्ष एव गाउँपालिकाका प्रवक्ता सुरेश यादवले उपाध्यक्ष र वडाध्यक्षलाई कोटा दिएर विवाद मिलाउन सहमति गरे पनि वडाध्यक्षले दाबी विरोधको निवदेन फिर्ता नलिएपछि विवाद भएको बताए। ‘मैले उपाध्यक्षजीलाई हाम्रो पक्षमा १२ जना पर्‍यो। वडाध्यक्षले पाएको २० जनाको कोटा कसरी मिलाउनु हुन्छ उहाँको कुरा हो। विवाद नगरौं भन्दै सहमति गरिएको हो। पछि निवदेन फिर्ता नलिएपछि कुरा मिलेन र विवाद भयो,’ यादवले भने।

कोटामा सहमति भएको उपाध्यक्ष र वडाध्यक्षले पनि स्वीकार गरे। ‘आफूले पठाएका नामावलीमध्ये उपाध्यक्षले केही व्यक्तिको नाम थप गर्नुभयो। मेरा मान्छेको नाम पहिल्यै काटियो। त्यसैले निवदेन फिर्ता लिइन,’ वडाध्यक्ष चौधरीले भने।

असारको अन्तिम समयमा रकम आएकाले विवादपछि ३२ जनाको नाम हटाएर ७४ जनाको रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बताए।

विपन्नहरुको नामावली संकलन यसअघिको वडा जनप्रतिनिधिहरुले गरेका थिए। यसअघिका वडाध्यक्ष दिनेश सहानीले राजनीतिक प्रतिशोधमा आफ्ना मान्छेको नाम सिफारिस गरेर पठाएको आरोप लगाएका छन्। तर अहिलेका वडाध्यक्ष चौधरीले भने सम्पन्न व्यक्तिहरुको नाम संकलन गरेकाले काटेर पठाएको बताएका छन्। वडाध्यक्ष चौधरीले निवर्तमान अध्यक्ष सहानीले गाउँले उचालेर विवाद निकालेको दाबी गरेका छन्। निर्वतमान वडाध्यक्षले भने आफूले वास्तविक नाम पठाए पनि अध्यक्षले काटेर पठाएपछि जनता आक्रोशित भएर घटना भएको दाबी गरेका छन्।

कोटाबाट राहत रकम वितरण गर्ने खुलासा भएपछि कार्यक्रममा सहभागी भएका लुम्बिनी प्रदेशका सभासद दीपेन्द्र अधिकारीले विपन्नहरुलाई पनि हाम्रो र तेरो मान्छे भनेर विभेद गर्नु दुर्भाग्य भएको बताए। ‘विपन्न र गरिबमाथि पनि राजनीति गर्ने हो। यस्तो सन्देशले राजनीति प्रति आम जनताको धारणा कस्तो बन्छ। यसलाई ख्याल गर्नु पर्दैन,’ सभासद अधिकारीले भने।

७ वडा रहेको पालिकामा अहिले २ वटा वडामा विवाद भएपछि अन्य वडाले पनि रकम वितरण गर्न सकेका छैनन्। विवाद नभएका केही वडाहरुले पनि कोटामा नामावली टुंगाएको आरोप स्थानीयको छ। विवादका कारण अहिलेसम्म रकम वितरण हुन नसकेपछि सबै रकम फ्रिज भएर जाने अवस्था आएको पालिकाले जनाएको छ। प्रशासन कार्यालयमा भएको छलफलमा छुटेका व्यक्तिहरुको नाम पनि समावेश गरी प्रकृया अघि बढाउने सहमति भएको छ।

६ जना अस्पतालमा

विवादपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको कुटाकुटमा परी घाइते भएका १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक(एसपी) ऋषिराम कडेलले बताए। घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ। दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन्। टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/