पप्पु रेग्मी
बर्दघाट, असार १९
नेपाली काँग्रेस भित्र असन्तुष्ट रहेका नेता तथा कार्य कर्ताहरूको भेला पश्चिम नवलपरासीको गोपीगंजमा शनिवार सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता अशोकजङ्ग राणाको संयोजकत्वमा भएको कार्यक्रममा बक्ताहरूले नेपाली काँग्रेस पार्टीभित्र रहेका नेतृत्व पक्षधरहरूले पार्टी भित्र रहेका गुटउपगुट र दुवै पक्ष धरले आफ्नो नीहित स्वार्थ मा लागेर लामो समय देखि पार्टिमा कृयाशिल भई सहयोग गर्दै आएका ईमान्दार कार्यकर्ताहरुको मूल्यांकन नभएको गुनासो गरे ।
उनीहरूले आफ्नो मातहात भित्रको प्यानलमा रहेका कार्यकर्ताहरूलाई मात्र उच्च पदमा राख्ने कोठे राजनीति गर्ने गरेकोले पार्टीको कुनै पनि गुट उपगुटमा संलग्न नरहेका सक्षम कृयाशिल कार्यकर्ताहरूको मनोबल गिराउने काम गरेको बताउदै, १४ औं महाधिवेशनका वडा स्तर देखि केन्द्र सम्ममा प्रतिनीधि तथा उम्मेदवार छनौट प्रक्रियामा सहभागिता नगराएको भेलामा छलफल गरिएको थियो ।
त्यसै गरि, भरखरै भएको स्थानीय निर्वाचनमा सवैको माझ उम्मेदवार छनौट नै नगरी आफ्ना व्यक्तिहरूलाई अन्य पार्टिबाट ल्याएर आर्थिक प्रलोभनमा पारि टिकट दिएर उम्मेदवार बनाउने लगाएतका पार्टि भित्र अनुशासन विपरित भएको कार्यहरू सुधारेर जानु पर्ने भेलामा बोल्ने वक्ताहरुले वताए ।
बर्तमान समयमा नेतृत्व गरेका नेताहरुले पार्टि भित्र रहेका क्रियाशिल ईमानदार कार्यकर्ताहरुलाई पनि उच्च मूल्यांकन गर्नु पर्ने र धारणा राखेका थिए । नेपाली काँग्रेस भित्र रहेका दुईवटा गुट (मुन्ना र विक्रम खनाल) लाई खबरदारी गरिने बताए । नेपाली कांग्रेसलाई सुदृढ, सक्षम, बलियो बनाउन आनाकानी गरेमा आगामी दिनमा हुने संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा पराजित हुने सुनिश्चित रहेको जिकिर गरे ।
कार्यक्रममा पृथ्वी कुमार थारु, सहनसिला राना, राधा देवी अधिकारी, उमा गिरी, कमान सिंह थापा, मोहन प्रसाद विश्वकर्मा, जितराम पंजियार, गणेश विश्वकर्मा, राम बाबु पोखरेल, मोहन गिरी, कृष्ण प्रसाद ढुंगाना, काशी नाथ न्यौपाने, प्रितम सिंह, भिम प्रसाद न्यौपाने, तोलाकान्त चापागाई, उदय सिंह कार्कि, मदन बहादुर विन, पशुपति चौधरी लगाएतले आ–आफनो भनाई राखेका थिए ।
सो भेलाले नवलपरासी बर्दघाट सुस्ता पश्चिम नवलपरासीको क्षेत्र न १ को लागि अशोक जंग राणाको संयोजकत्वमा ७ सदस्ययीय कांग्रेस चिन्तन समूहको तदर्थ समिति गठन गरिएको छ । जसको सदस्यहरू क्रमशः राधा देवी अधिकारी, उमा गिरी, कमान सिंह थापा, मोहन प्रसाद विश्वकर्मा, जितराम पंजियार र सदस्य सचिवमा गणेश विश्वकर्मा रहेका छन । सोहि भेलाले ५ सदस्यीय सल्लाहाकार समितिको चयन गरेको छ । राम बाबु पोखरेल, मोहन गिरी, कृष्ण प्रसाद ढुंगाना, काशी नाथ न्यौपाने र प्रितम सिंह रहेका छन । सो भेलामा बर्दघाट नगर पालिका, प्रतापपुर गाउँ पालिका, सुस्ता गाउँ पालिकाका लगाएतका क्षेत्रहरुबाट करिव ५० जनाको सहभागिता रहेको कार्यक्रमको भेलाको उद्धेश्य बताउदै, भेलाको सहजीकरण नेता गणेश विश्वकर्माले गरेका थिए ।