Jilla Ban Notis

बर्दघाट नगर स्तरिय दोस्रो राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता शुरु

0 90

कृष्ण ढकाल
बर्दघाट,फागुन–२६
बर्दघाट नगर स्तरिय दोस्रो राष्ट्रपति रनिङ्गशिल प्रतियोगिता आज देखी बर्दघाट–९ पञ्चनगरमा रहेको राजा महात्मा पुर्ण भद्र मा.वि भुताहामा शुरु भएको छ ।

बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त राष्ट्रपति रनिङ्गशिल प्रतियोगितामा बर्दघाट नगरका संस्थागत तथा सामुदायिक गरी ११ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।

३ दिन सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ्गशिल प्रतियोगितामा छात्राहरुको ६ टिम र छात्रहरुको ११ टिमले भलिवल प्रतियोगितामा सहभागिता जनाएको छ । सय मिटर ,दुई सय मिटर,चार सय मिटर र आठ सय मिटरको दौड छात्रा र छात्रहरुका लागि राखिएको छ भने १ सय गुणे ४ र ४ सय गुणे ४ को रिले दौड प्रतियोगिता पनि राखिएको छ ।

त्यस्तै गरी हाईज्म्प, लम्जम्प ,सटफूट,ज्यावलीन लगायतका खेल प्रतियोगिताहरु राखिएको खेल संयोजक मनोज कुमार चौधरीले जानकारी दिनु भएको छ ।

दोस्रो राष्ट्रपति रनिङ्गशिल प्रतियोगिताको समुद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले खेलकुद्ले मानिसलाई स्वास्थ्य रहन सयोग पुय्उने भएकाले सानै देखि खेल खेल्नु आफैमा राम्रो भएको बताउनु भएको थियो । अहिले संचालन गरेको रनिङ्गशिल प्रतियोगिताले नयां खेलाडी उत्पादन गर्न र खेलाडीहरुको पहिचान गर्न सहयोग पुग्नेमा आफु विश्स्त रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नगर उप प्रमुख माया देवी पौडेल, शिक्षा विकास तथा समन्व्य ईकाई नवलपरासीका प्रमुख दोलराज पाण्डे, बर्दघाट नगर शिक्षा,युवा तथा खेलकुद् शाखाका धनपति पौडेल, बर्दघाट वार्ड नंं ८ का वार्ड अध्यक्ष कविराज आचार्य लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएके थियो ।

राजा महात्मा पूर्णभद्र माध्यामिक बिद्यालयका शिक्षक रुद्र प्रसाद भण्डारीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन बिद्यालयका प्र.अ पुष्पराज अधिकारीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.