Jilla Ban Notis

नेपाली भुमिमा उत्पादित सामानलाई ब्राण्डिङ्ग गर्नु पर्छः प्रदेश प्रमुख शेरचन

0 26

कृष्ण ढकाल
बर्दघाट,चैत्र–४
केराको पकेट एरिया रहेको प्रतापपुर गाउपालिकामा केराको थामबाट रेशा निकालेर सेनेटरी प्याड बनाईएको देखेपछि स्थानीय उत्पादनलाई ब्राण्डिङ्ग गरि अन्तर्राष्ट्रियकरण गर्न जरुरी रहेको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बताउनु भएकाे छ ।
स्थानीय कच्चा पदाथर्वाट स्थानीय स्तरमा उत्पादित बस्तुलाई ब्राण्डिङ्ग गर्न कानुनी जटिलता रहेको बताउदै उहाले नेपाली भुमिमा उत्पादित गाजा, रक्सीजन्य पदार्थहरलाई ब्राण्डिङ्ग गरी बिक्री गर्ने सके आर्थिक बिकास गर्न सकिने बताउनु भयो ।

नेपाल प्राकृति रुपमा सम्पन्न भएको मुलुक रहेको बताउदै शेरचनले नेपालका धेरै जडिबुटीहरु सस्तो दररेटमा बिदेश जाने र तेहि सामाग्री प्रशोधन भएर महङ्गो मुल्यमा नेपालमा नै फर्कीने बताउनु भयो । केराको पकेट एरिया रहेको प्रतापपुर गाउपालिकामा केरा कै थाम बाट रेसा निकालीएको हुदा कच्चा पदार्थको अभाव नहुने शेरचनको दाबी छ । ” केरा खाने र थाम फाल्ने भइरहेको छ । खेरा गइरहेको केराको थामको प्रयोगले प्रतापपुर र सुस्ता क्षेत्रको आर्थिक प्रगतिमा महत्त्वपूर्ण भुमिका खेल्ने मैले महशुस गरेको छु ।” शेरचनले भन्नुभयो । स्थानीय तह, प्रदेश सरकार र सघिय सरकारले नै प्राथमिकता दिइ उद्यमशिलताको बिकास गर्न सके नेपालको अर्थ तन्त्रलाई बिकास गर्ने सकिने शेरचनको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले प्रतापपुर र सुस्ता गाउँपालिकामा गरि ४ ठाउमा बीस बीस जना गरी ८० जना स्थानीयहरुलाई तालिम दिइएको जानकारी दिनु भयो । ” प्रदेश सरकारको १० लाख रुपैयाँमा अहिले ८० जनालाई केराको थामबाट स्यानेटरि प्याड, डोरी लगायतका सामाग्रीहरु बनाइएको छ ।”

प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले गाउपालिकाले कृषिमा प्राथमिकता दिएको बताउनु भयो । ” करिब ९६ प्रतिशात कृषि योग्य भुमी छ । प्रतापपुर गाउपालिका केरा र उखुको उत्पादनको केन्द्र रहेको छ ।” आगामी स्थानीय स्रोत र साधनको परिचालन गरी बस्तु उत्पादन गर्ने र उत्पादित बस्तुको बजारीकरणका लागी पालिका लागिरहेको यादवको भनाइ छ ।

 


अहिले नेपालको ब्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभए पुर्व राज्य मन्त्री घनश्याम यादवले बताउनु बताउनु भयो । ” स्थानीय स्रोतको परिचालन गरी बस्तु उत्पादन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सके नेपालको अवस्था परिवर्तन हुन्छ । यादवले भन्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको आयोजना र शुभ लक्ष्मी ल्याब्रोटोरिज बुटवलको प्राविधिक सहयोगका नवलपरासीको प्रतापपुर–८ मा युवाहरुलाई उद्यमशिल बनाउने उध्येश्यले आफुहरुले स्थानिय वस्तुहरुको प्रयोग गरेर उत्पादनसंग जोड्नका लागि यस प्रकारको अभियान नै सञ्चालन गरेको शुभ लक्ष्मी ल्याब्रोटोरिज बुटवल सञ्चालन सन्दीप सापकोटाले बताउनु भएको छ ।
प्रतापपुर ८ मा संचालित तालिममा केराको थामबाट स्यानेटरी प्याड, डोरीलगायतका सामाग्री उत्पादन गरिएको छ । यो संगै सुस्ता गाउँपालिकाको नर्सहीमा पनि यस प्रकारको तालीम सञ्चालन हुदै छ ।

Leave A Reply

Your email address will not be published.